20210127

लकडाउनको विरोध गर्दै मानिसहरु सडकमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप

नेदरल्यान्ड्समा तेस्रो दिन लगातार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । बढ्दो कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनको विरोध गर्दै मानिसहरु सडकमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । यस क्रममा हालसम्म मुलुकभरबाट करिब दुई सय ५० जनालाई नियन्त्राणमा लिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नेदरल्यान्ड्समा १० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने १३ हजार पाँच जनाको यसबाट मृत्यु भएको छ । सरकारले अहिले महामारी सुरु भएदेखिकै सबैभन्दा कडा लकडाउन जारी गरेको छ । जसमा राति ९ बजेदेखि बिहानसम्म कफ्यू जारी गरिएको छ । दोस्रो विश्वयुद्धपछि पहिलोपटक नेदरल्यान्ड्समा यस किसिमको नियम लागु गरिएको हो । कसैले नियम उल्लंघन गरे एक सय १५ डलरसम्मको जरिवाना तोकिएको छ । नेदरल्यान्ड्समा गत अक्टोबरदेखि नै मुलुकभरका रेस्टुरेन्ट र बारहरु बन्द छन् । विद्यालयलगायत अन्य व्यवसायहरु पनि गएको महिनादेखि बन्द गराइएको छ । नयाँ प्रकारको भाइरसको डरले बेलायत, दक्षिण अफ्रिका र दक्षिण अमेरिकाबाट उडान हुने विमानमाथि पनि प्रतिबन्ध लगाइएको छ । यसअघि कोरोनासम्बन्धी नयाँ नियमको विरोधमा सोमबार भएको प्रदर्शनमा मुलुकभरका विभिन्न सहरहरुमा हिंसात्मक घटना भएका थिए । धेरै क्षतिबारे रिपोर्ट गरिएपछि एम्सरडर्ममा पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु पक्राउ परेको बताइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक