20210104

तनहुँमा सडकमा कष्टकर जीवन गुजारी रहेकाहरुको उद्धार

2021-01-04-29619साहारा नपाएर तनहुँमा सडकमा कष्टकर जीवन गुजारी रहेकाहरुको उद्धार कार्य भइरहेको छ । मानव सेवा आश्रम कास्कीद्धारा व्यास नगरपालिकाको पाँच र शुक्लागण्डकी नगरपालिकाका क्षेत्र रहेका चार गरी नौ जनाको उद्धार गरिसकेको छ । मागेर खाने र चिसो मौसममा खुला आकाशमुनि सुप्ने कष्टकर जीवन बितारहेकोले उद्धार गरिएको आश्रमले जनाएको छ ।

उक्त संस्थामा आबद्ध नोमा थापा र स्थानीय तहको सहयोगमा उनीहरुलाई सडकबाट उद्धार गरी लगिएको मानव सेवा आश्रम कास्कीका जिल्ला संयोजक राजन सापकोटाले जानकारी दिनुभयो । विसं ०६९ सालमा हेटौडाबाट शुरु गरेको उक्त सामाजिक संस्थाले अहिले देशका १५ जिल्लामा कार्यालय स्थापना गरी काम गर्दै आएको छ । कास्कीमा तीन वर्ष अघिदेखि काम गर्दै आएको र हाल एक सय २० जना रहेको आश्रमले जनाएको छ । गण्डकी प्रदेशभित्र गोरखा,लमजुङ,बाग्लुङ र कास्कीमा कार्यालय स्थापना गरेर बेवारिसे मानिसहरुको उद्धार गर्दै आएको छ । आश्रमका अनुसार बाग्लुङमा ४५, गोरखामा ४५ र लमजुङमा २० बेवारिसे व्यक्तिहरुको उद्धार गरिएको छ । गोरखामा भने पढ्ने किसिमका बालबालिकाहरुको मात्रै उद्दार गरी राखिएको छ । उद्धार गरिएको सडक मानवको स्वास्थ्य उपचार, खाना र बस्नको लागि पब्लिक डोनेसन र नेपाल सरकारबाट सहयोग प्राप्त भईरहेको संयोजक होमनाथ तिमिल्सेनाले जानकारी दिनुभयो ।

करिब ८० प्रतिशत सहयोग विभिन्न संघसंस्था, क्लब र व्यक्तिले गर्ने गरेका छन् । सापकोटाले भन्नुभयो ‘गतबर्ष देखि नेपाल सरकारले पनि सहयोग गर्न थालेपछि कामकाज गर्न सहज भएको छ’ । श्रमले उद्धार गरिएको व्यक्तिको परिवारसँग पुर्नमिलन कार्य पनि गर्दै आएको छ । गत बर्ष दुई जनालाई परिवारमा पुनर्मिलन गराइएको उहाँले बताउनुभयो । यसरी उद्दार गरी ल्याइएका व्यक्ति मध्ये ३५ जनाको मृत्यु भैसकेको आश्रमले जनाएको छ ।

बेवारिसे व्यक्तिले जथाभावी फोहोर गर्ने, पेटभरी खान नपाउने, सरसफाइको कमीले शरिर दुर्गन्धित भएर कपाल जुम्राहरु पर्ने घाउ खटिरा पाक्ने भई दुर्गन्धित भई अत्यन्त दुःख पाएको बसेकोले उद्धार गर्ने कार्य थालनी गरिएको अभियान्ता तथा पोखराकी सञ्चारकर्मी सुष्मा पौडेलले जानकारी दिनुभयो । सञ्चारकर्मी पौडेलका अनुसार सडक मानव मुक्त बनाउन आश्रमले मेची–महाकाली उद्धार अभियान सञ्चालन गरिएको छ । यो अभियान पुस ७ गते शुरु भएको र माघ ७ गते सकिने छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक