20210120

नेताले दिएका अभिव्यक्तिले संवैधानिक इजलास प्रभावित नहुने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रष्ट पारे

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा चलिरहेका बेला राजनीतिक दलका नेताले दिएका अभिव्यक्तिले संवैधानिक इजलास प्रभावित नहुने प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले प्रष्ट पारेका छन् । जारी सुनुवाइका क्रममा रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने भनेर ठोकुवा गरिरहेको बताएपछि राणाले उनलाई रोकेर अदालत बाहिरका कुराबाट प्रभावित नहुने बताए । बाहिरको कुराबाट प्रभावित नहुने कुरा राणाले यसअघि चार पूर्वप्रधानन्यायाधीशको वक्तव्यका सन्दर्भ इजलासमा उठ्दा पनि प्रष्ट्याएका थिए । नेपाल प्रेसका अनुसार संवैधानिक इजलासमा बुधवारदेखि एकजना वकीलले आधा घण्टा भन्दा बढी बहस गर्न नपाउने व्यवस्था गरिएको छ ।
 


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक