20210116

सिमा विवाद, इपीजी प्रतिवेदन, १९ सय ५० को सन्धी लगायतका विवादित विषयमा भारत प्रवेश नै गर्न नचाहेपछि मन्त्री ज्ञवालीको भ्रमण औपचारिकतामा सीमित

 परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमण दुई देशिय सम्बन्धलाई मजवुद बनाउन केन्द्रीत भएको बताएका छन् । तीनदिने भारत भ्रमण सेकर शनिबार नेपाल आइपुगेका मन्त्री ज्ञवालीले त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपाल भारत सम्बन्धका आर्थिक, राजनीतिक सांस्कृतिक लगायतका पक्षमा छलफल भएको र दुई देशिय सम्बन्धलाई मजवुद बनाउन तथा बिकास यात्रालाई सफल बनाउने बिषयमा भ्रमण केन्द्रीत रहेको बताए । मन्त्री

ज्ञवालीले कोरोनाका कारण बन्द हवाइ तथा स्थलमार्ग क्रमशः खोल्दै जाने सहमति भएको बताए । रक्सोल–काठमाडौँ रेलमार्ग निर्माणसम्बन्धी फिल्ड लोकेसन सर्भे अगाडि बढाउने पनि सहमति भएको जानकारी दिए । नेपाल भारत संयुक्त आयोगको छैटौ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री ज्ञवाली बिहीबार भारत गएका थिए । मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी ओलीको सन्देश भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउन भने पाएनन् । त्यस्तै सिमा विवाद, इपीजी प्रतिवेदन, १९ सय ५० को सन्धी लगायतका विवादित विषयमा भारत प्रवेश नै गर्न नचाहेपछि मन्त्री ज्ञवालीको भ्रमण औपचारिकतामा सीमित भएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक