20210315

६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि स्वास्थ्यमन्त्रीले राजीनामा दिए

 नेपालमा हो लाज शरम नैतिकता नभएका मान्छे मन्त्री हुने र टाँसिरहने देश । अन्यत्र भने नैतिकताको ठुलो महत्व हुन्छ । जोर्डनमा कोभिड-१९ संक्रमणपछि अस्पतालमा उपचाररत् ६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिनुभएको हो । राजधानी अमनबाट २३ किलोमिटर दुरीमा रहेको साल्ट शहरमा सो हिजो विहान घटना भएको हो । विरामीको अक्सिजन अभावका कारण मृत्यु भएपछि आफन्तहरुले अस्पताल नै घेराउ गरेका थिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरी नै परिचालन गरिएको थियो । झण्डै १ घन्टा अक्सिजनको अभाव हुँदा सघन उपचार कक्षमा उपचाररत विरामीको मृत्यु भएको थियो । साथै प्रसुति वार्डमा समेत अस्सिजन अभावले समस्या भए पनि अन्य वार्डमा विरामीको मृत्यु भएको छैन । के कारणले अक्सिजन अभाव भयो भन्ने विषयमा अनुसन्धान जारी छ । स्वास्थ्य मन्त्रीले आफूले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक