के छ कमरेड तिम्रो खबर ?
मैले यत्ति के भनेको थिएँ,उ झनक्क रिसायोबाक्लै भेटघाट हुन्थ्यो हाम्रोतँ तँ र म म गर्ने मेरो जिग्रीकोरोनाले गर्दा भेट्न नपाएको जिग्रीफोनमै झोक्कियो बा !नराम्रो सँग पड्कियोपटेका पड्के जसरी !मलाई बोल्न दिए पो !उ बोल्दै गयोपड्किँदै गयो !कहिल्यै अप्रिय भाषा नबोल्ने उआज त पड्किँदै भन्यो -ए साला !तँ मेरो शत्रु होस कि साथी ?साथी होस भने बन्द गर यो कमरेड भन्नके लुटेरा हुँ म ??के काम काज केही नभएको,ठ्याउके, बेरोजगार, जौवा हुँ म ??कुनै नेताको फेरो समाएर हिँडेको देखेको छस् ?कुनै भ्रष्ट नेता, ज्यानमाराको,आरती उतारेको देखेको छस् ?किन भनिस् मलाई कमरेड ??मैले कसको के लुटेँ ?कसलाई अपहरण गरेँ ?को सँग चन्दा मागेँ ?कसलाई मारेँ ?के कुरामा ढाँटेँ ?कहिले के सपना बाँडेँ ?कसको घरबार बिगारेँ ?किन भनिस् कमरेड ??ख्याल गर अब देखी,सबै मान्छे बराबरसब कुरामा समानतावर्ग हुँदैनजात हुँदैनधर्म हुँदैनदेशको सीमा हुँदैनसंसार एउटै हुन्छसंसार स्वर्ग हुन्छतिमी हामी सब बराबरदेख्यौ फलानाको घर ?देख्यौ उसको सम्पत्ति ?त्यो सब खोसेर बाँडिन्छतिमीलाई पनि भाग लगाइन्छ !यी र यस्ता बकवास कुरा मैले गरेको छु ??कहिल्यै कहीँ भनेको छु ??अनि किन भनिस् मलाई कमरेड ??साथी होस भने नभन कमरेड !म आफ्नो गरिखाने मान्छे हुँखुन र पसिना सिँचेर खान्छुआफ्नै स्वाभिमानमा बाँच्छुखबरदार, मलाई कमरेड नभन !माफ देन यार गल्ती भएछलौ मैले माफी मागेँ भन्दै थेँ मआज तँ सँग म कुरै गर्दिन भन्योअनि ढ्याक्क राख्यो फोन उसले ।आज बिहान बिहानै नराम्रो झड्को आइलाग्योकमरेड भनेर जिस्क्याउँदा खड्को आइलाग्यो !मन मनै कन्दै छु - कति बदनाम भएछ यो कमरेड !!भो अब भन्दिन कसैलाई कमरेडमैले गल्ती महसुस गरिसकेको छु ।- रामप्रसाद खनाल
20210331
कविता : "कमरेड"
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक