20210329

कविता: कठपुतली - वसन्तध्वज जाेशी

जीवन हाम्रो नि कठपुतली हो....
नदेखिने गरी कसैले 
नेपथ्यबाट
हामीलाई पनि चलाई रहेछन्
हामीलाई पनि नचाई रहेछन्
यान्त्रिक मानव झैँ 
रोबोट मानव झैँ
हामी पनि सञ्चालित छौँ 
फगत ज्युँदो मानव बनेर बाँचेका छौँ 
तर कहीँ न कतैबाट
सञ्चालित छौँ
कहिले प्रारब्धको नाेक्कर बनेर....!
कहिले प्रारब्धको जाेक्कर बनेर....!!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक