20210402

मेलम्ची: अलिकति त लाज मानन हो शासकहरू हो !

२०३८ सालमा मेलम्चीको सपना देख्ने, सर्भे गराउने स्व. राजा वीरेन्द्र, त्यही राजा वीरेन्द्रको सपना साकार गराउँछु, राजधानीका सडक पखाल्न पुग्ने गरी मेलम्चीको  पानी ल्याउँछु भन्ने अन्तरिम प्रधानमन्त्री एवम् सन्त नेता किशुनजी । २०३८ सालमा देखिएको मेलम्चीको सपना २०७७ सालमा बल्ल बल्ल पुरा भयो (पानी त आयो तर अझ परीक्षण पुरा भएको छैन भन्छन् आयोजनावालाहरू । के कसो हुने हो थाहा छैन) तर लाजै नमानी मेलम्चीमा राजनीति गर्न सुरु गरिएको छ । प्रधानमन्त्री ओली आफैले जस लिंदैछन, काँग्रेसीहरू किशुनजी लाई बल्ल सम्झिँदै छन् । प्रचण्ड कि चौथी बुहारीले मैले ल्याएको भन्छिन् रे ! खयर जे सुकै भए पनि मेलम्ची आयो खुसी हौँ, सपना देख्ने राजा वीरेन्द्र नबिर्सिऔँ, किशुनजी देखी यसलाई सफल पार्न यहाँ सम्म आउँदा मेलम्चीका लागि योगदान गर्ने सबै सबैलाई धन्यवाद पनि भनौँ, जस पनि दिऊँ । तर नैतिकताको न भन्ने चिज अलिकति बाँकी छ भने त्यो बेला देखी यो बेला सम्मका शासकले नेपाली जनता सँग माफी माग । एउटा खानेपानीको परियोजना पुरा गर्न ३९ वर्ष लगाउने देशका शासकहरू नालायक होइनन् र ?? यस्तै तालले बन्छ देश सिँगापुर र स्वीजरल्याण्ड ?? एउटा परियोजना पुरा गर्न ३९ बर्ष लगाउँदा, परियोजनाका नाममा अर्बौं अर्ब खरानी बनाएर नेता, मन्त्रीहरुले भुँडी भर्दा पनि धैर्य गर्ने र खुशी हुने यो सँसारमा हामी नेपाली जनता बाहेक यति सहनशील अरु को, कहाँ होलान र !  अलिकति त लाज मानन हो शासकहरू हो !!


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक