20210518

नेजाले आउँदो आइतबार ड्यालसमा एनआरएनए अमेरिकाकाअध्यक्षका उम्मेदवारहरुसँग ‘प्रेसिडेन्सियल डिबेट’ गर्दै

ड्यालस / अमेरिका - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आउँदो आइतबार ड्यालसमा एनआरएनए अमेरिकाकाअध्यक्षका उम्मेदवारहरुसँग ‘प्रेसिडेन्सियल डिबेट’ गर्न लागेको छ । कार्यक्रमको तयारी लगभग पुरा भएको नेजाका का.बा. अध्यक्ष बिकास राज न्यौपानेले जानकारी दिए ।  

मे २३ तारिक आइतबार साँझ ५ बजेदेखि डिबेट आयोजना हुनेछ । अर्भिङको करिलिफ रेष्टुरेन्टमा हुने कार्यक्रमकोहालसम्मको तयारीका बारेमा नेजाले सोमबार ड्यालसका नेजाका सदस्यहरुसँग छलफल कार्यक्रम गरेको छ । 

छलफलमा नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपाने, सचिव सुरज भण्डारी, क्षेत्रीय संयोजक रामचन्द्र भट्टलगायतले अहिलेसम्मको प्रगति र योजनाका बारेमा जानकारी दिएका थिए । यसपटकको प्रेसिडेन्सियल डिबेटमाअध्यक्षका उम्मेदवारहरुलाई मात्र वहसमा आफ्नो नीति तथा कार्यक्रमका बारेमा बोल्न र प्रस्तुतिका लागि समय दिइनेनेजाले जनाएको छ ।

अन्य पदका उम्मेदवारहरुलाई मन्तव्य राख्न, योजना तथा कार्यक्रमका बारेमा प्रस्तुति दिन समय दिँदा घण्टौँ लाग्नेभएकोले समय उपलव्ध नगराइने नेजाले स्पष्ट पारेको छ ।

नेजाले हरेक दुई वर्षमा हुने एनआरएनए अमेरिकाको निर्वाचनको सँघारमा अध्यक्षका उम्मेदवारहरुसँग वहश कार्यक्रम गर्दैआएको छ । यसपटक अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । टेक्ससका डा. अर्जुन बञ्जाडे र कृष्ण लामिछानेतथा विन्सकन्सिनका बुद्धि सुवेदी र तिलक केसीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । यसपटक चारसय भन्दा बढीलेएनआरएन अमेरिका तथा च्याप्टरका बिभिन्न पदमा उम्मेदवारी दिएका छन् ।


नेपाल बाहिर स्वतन्त्र नेपाली पत्रिका

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक