20210517

आज मात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७ निको भइ घर फर्किए

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनाैतिपूर्ण रहने जनाएको छ । मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताउनुभयो । उहाँले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गर्नु भयो । उहाँले कोभिड–१९ को

रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको सङ्क्रमण बढिरहेको जनाउनुभयो । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गर्नु भएको छ । उहाँले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताउनुभयो । जनजीवनमा कठिनाई पर्न गए पनि हामीसंग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपि वा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ उहाँले जारी गर्नु भएको सूचनामा भनिएको छ । यस्तै कोरोना भाइरस विरुद्धको लडाई मन्त्रालयको एक्लैको नभई सवैको भएको भन्दै यसको रोकथाम, उपचार र नियन्त्रणमा सवैको सहयोग हुनुपर्ने बताउनुभयो ।

मन्त्रालयको अनुसार मोरङ, काठमाडौँ, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरग, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको जनाएको छ । आज मात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७ निको भइ घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि मुलुकभरका ७४ जिल्लामा निषेधाज्ञा जारी भएको छ । ७० जिल्लामा जिल्लाभर र चार जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ । तर, मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा भने अहिलेसम्म निषेधाज्ञा लगाइएको छैन ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गतेदेखि एक साताका लागि भन्दै निषेधाज्ञा लगाइएको थियो । काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । देशभरको संक्रमण दर पछिल्लो तीन दिनमा कमी आए पनि मृत्युदर उस्तै छ ।

यसै बिच वर्तमान सरकार गठनपछि आज पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ भएको बैठकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणको समीक्षा, उपचार र सेवाका लागि अत्यावश्यक भौतिक र कानूनी पक्षहरुबारे छलफल भएकाे जनाइएकाे छ । यसैबीच बैठकमा खासै महत्वपूर्ण निर्णय नभएकाे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयाे । 

कोरोना सङ्क्रणको दोस्रो लहर विस्तार भएपछि रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबारेमा पनि सरकारले गृहकार्य गरिरहको छ ।    राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा ठूलो दल रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा तेस्रो कार्याकालका लागि गत वैशाख ३० गते नियुक्त गर्नुभएको थियो । यता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै अस्पतालहरुमा क्षमता अनुसारको अक्सिजन प्लान्ट राखिने बताउनुभएको छ । उहाँले प्लान्ट खरिद प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिनुभयो ।

सोमबार भएको भिडियो कन्फेरेन्स बैठकमा प्रदेशका मन्त्रीहरु, १३ वटा नै जिल्लाका प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख , महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिदै मुख्यमन्त्री पौडेलले जनताको जीवनरक्षाका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । उहाँले अस्पतालहरुलाई आवश्यक सम्पूर्ण भौतिक समान उपलब्ध गराउने र पैसाको अभावमा कुनै काम नरोकिने बताउनुभयो ।

पौडेलले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणमा सम्पूर्ण अधिकार दिएको हुँदा निर्धक्क भै आवश्यक रकम खर्च गरि कोभिड महामारी नियन्त्रणका लागि जुट्न समेत आग्रह गर्नुभयो । महामारी नियन्त्रण नै आफ्नो पहिलो मुख्य प्राथामिकता रहेको बताउदै पौडेलले अहिले सरकारको सबै शक्ति कोभिड नियन्त्रणमा लागेकोले यो वा त्यो बहानामा जिम्मेवारीबाट कोही पन्छिन नपाइने बताउनुभयो ।

कुनै पनि समस्या आए आफूलाई तत्काल जानकारी गराउन र महामारी नियन्त्रणमा आवश्यक निर्णयहरू गरी कार्यान्वयन गर्न निर्देशन दिदै मुख्यमन्त्री पौडेलले आवश्यकता अनुसार आइसोलेसन, कोभिड अस्पतालका साथै अस्पतालमा आवश्यक जनशक्ति लगायत भौतिक सामग्रीको अभाव हुन नदिने बताउनुभयो। कार्यक्रममा प्रदेशका मन्त्रीहरु , महानगरपालिका उपमहानगरपालिका प्रमुख लगायतले आआफ्ना क्षेत्रका कोभिडले पारेको समस्याका बारेमा जानकारी गराएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक