20210523

सञ्चारमा शान्ति – सिद्धान्तको सार

- डा. बालकृष्ण चापागाईं  

शान्ति  सर्वप्रथम मानिसको मनभित्र हुनु  पर्दछ ।  मनभित्र शान्तिको सञ्चार हुँदा मात्र व्यवहारमा  शान्तिका लागि मानिस अग्रसर हुन्छ । त्यसैले मन शान्ति पहिलो आधार हो । 

शान्ति कसरी प्राप्त हुन्छ ? भन्ने प्रश्न यतिबेलाको ज्वलन्त प्रश्न बनेको छ  । अहिले विश्वमा भौतिक र सत्ता शक्तिको प्रयोगबाट शान्ति स्थापना हुन सक्छ कि ? मन शान्तिले नै समाजमा शान्ति स्थापना हुन सक्छ ? भन्ने प्रश्न वहसको रुपमा रहेको छ । 

शान्तिका लागि सस्त्रास्त्र र सत्ता शक्तिको प्रयोग भए तापनि  त्यसले निकास दिन सकेको छैन । त्यसो त पछिल्लो समयमा आएर शान्तिका लागि  गरिएका मानवीय प्रयासमाथि पनि नयाँ  प्रकारको ठूलो चुनौती खडा भएको  छ ।  कोभिड–१९ को प्रकोपले विश्वमा शान्तिका सिद्धान्तहरुलाई पनि नयाँ ढंगले परिभाषित गर्नु पर्ने स्थिति  उत्पन्न भएको छ । 

यसो भएर पनि  दीगो  शान्तिको प्रभावकारी र व्यवहारिक आधार खोज्दै जाँदा हामी गौतमबुद्धका विचार – दर्शनभित्र प्राप्त गर्न सक्दछौं । उनका विचारलाई आत्मसात गरी जन–जनमा  पु¥याउन सकेमा शान्ति पाउन सकिने बलियो आधार प्राप्त हुन्छ । 

बौद्ध दर्शनमा समस्त प्राणि जातिप्रति मैत्री, करुणा, विश्वकल्याण, मानवतावाद अन्तर्निहीत छ  ।  चार आर्यसत्य, अष्टांगिक मार्ग, पञ्चशील, दश कुशलकर्म शान्ति र मानिसको मुक्ति मार्गका आधारका रुपमा  रहेका छन् । 

शान्तिको प्राप्ति हिंसात्मक युद्धबाट होइन,मैत्री  र करुणाबाट प्राप्त हुन सक्छ भन्ने बुद्धको विचार छ । विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघलगायतले कोशिस गर्दै आएको भएतापनि शान्ति स्थापना हुन सकेको देखिदैन । यस कारणले गर्दा पनि बुद्धका विचारको सान्दर्भिकता पुष्टी हुन्छ । 

विश्व शान्तिका लागि हिंसाको समाप्ति, द्वन्द्व समाधान, निःशस्त्रीकरण अत्यावश्यक छ । मानिसको ह्ृदयबाट उत्पन्न हुने मैत्री, करुणा, सहिष्णुु र शान्ति–भावले समाजमा शान्ति स्थापनामा योगदान पु¥याउँदछ । 

अन्तरिक्ष, सौर्यमण्डलका ग्रहहरु, पृथ्वी, जल–थल र आकाश, विश्व मानव समाज, जैविक विविधता र पर्यावरण देश, समुदाय, परिवार र व्यक्ति–व्यक्ति बीचको  ईको सिष्टम विश्व शान्तिको अपरिहार्य तत्व हुन् । 

भयरहित समाजमा मात्र सत्य,न्याय, समानता र शान्ति मुखरित हुन्छ । बुद्धका  विचारमा शान्ति सबभन्दा मुख्य आधार हो । त्यो शान्ति मानिसको असल चिन्तन, सोचाई, व्यवहार, संस्कार र संस्कृतिसंग जोडिएको हुन्छ । 

हिसांत्मक प्रकृतिको क्रुर व्यक्ति पनि असल विचारको प्रभावले परिवर्तन हुन सक्छ  । बुद्धकालमा अङ्गुलीमाल र बुद्धको महापरिनिर्वाण पछि तत्कालीन  मगधराज्यका मौर्य समा्रट अशोक आदिमा बुद्धका विचारले पारेको प्रभावलाई ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । 

बुद्धका विचारको मुल मर्म सत्यमा आधारित भएकाले सञ्चारले सत्यको खोजी गर्नु कर्तव्य भित्रको कुरा हो । त्यसैले पत्रकारिताले पनि बुद्धका विचारलाई पक्षपोषण गर्नु आवश्यक छ । 

विश्वमा  शान्तिका विभिन्न सिद्धान्तहरुको चर्चा र व्याख्या भएको  पाइन्छ । त्यसैगरी सञ्चारका पनि विभिन्न सिद्धान्तहरु परिभाषित र व्याख्या भएका छन् ।  तर ती सिद्धान्तहरुलाई स्थापित गर्ने आधार के हो ? यस बारे चर्चा, विवेचना र मूल दृष्टि पुगेको पाइदैन ।  विचार, सिद्धान्त र दर्शनलाई स्थापित गर्ने काम आखिर सञ्चारका चार आधार अन्र्तमुखी सञ्चार, अन्तर्वैयक्तिक सञ्चार, समूह सञ्चार  र आम सञ्चारको प्रयोगबाट नै भएको हो ।

सूचना, समाचार ् र  विचारको सम्प्रेषण गर्दा शान्तिलाई केन्द्रमा राखेर गरियो भने त्यसले शान्ति स्थापनामा योगदान पु¥याएको हुन्छ । कस्तो सूचना ? कस्तो समाचार ? कस्तो विचारलाई सञ्चारले  कुन स्थान दिने भन्ने कुरा धेरै महत्वपूर्ण हुन्छ । 

मनसा, बाचा, कर्मणा शान्तिलाई प्राथमिकतामा राख्ने, विश्वका हरेक मुलुकमा सञ्चार नीति बनाउँदा शान्तिलाई केन्द्र विन्दुमा राख्ने, संयुक्त राष्ट्र संघ जस्ता विभिन्न संघ, संगठनहरु, व्यक्ति र समूहबाट गरिने क्रियाकलापहरु पनि शान्तिमा आधारित हुनु आवश्यक छ । 

मौखिक सञ्चार, छापा सञ्चार, विद्यतीय सञ्चारका सबै माध्यमबाट शान्तिलाई मूल आधार मानी सञ्चारित गर्नु आवश्यक छ । यसले समाजमा शान्ति स्थापना गर्नमा योगदान पुग्न सक्छ भन्ने सञ्चारमा  शान्ति सिद्धान्तको औचित्य  र ध्यय हो ।

  (डा. चापागाईंले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट ‘बौद्ध दर्शन र सञ्चार’ विषयमा विद्यावारिधि(पीएच्.डी) गर्नुभएको छ । )

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक