20210523

नब स्थापित पार्टी नेपालका लागि नेपालीले भन्यो "यही संसद, संविधान र व्यवस्था रहिरहे मूलुक दुर्घटनामा जान्छ"


नेपालमा डा. सुरेन्द्र भण्डारीको नेतृत्वमा नेपालका लागि नेपाली पार्टीको नामको दल स्थापना गरिएको छ । जसमा राष्ट्रिय अध्यक्ष बालकृष्ण न्यौपाने र प्रवक्तामा डाक्टर विजयप्रसाद मिश्र रहेका छन् । उक्त राजनीतिक दलले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै संसदीय प्रणाली त्यागेर प्रत्यक्ष प्रधानमन्त्रीय प्रणाली, निर्वाचन प्रणालीमा व्यापक सुधार र भ्रष्टाचारीलाई निर्वाचनबाटै परास्त गर्ने नारा दिएका छन् ।  हामी नेपालका लागि नेपाली निर्वाचन आयोगमा विधिवत दर्ता भई

नागरिकको घरदैलोमा नयाँ सोचका साथ मुलुकमा हिंसा, भ्रष्टाचार र लुटतन्त्रमा आधारित राजनैतिक बेथितिलाई अन्त्य गरी मानवतावाद स्थापित गर्न अपरिहार्य भएको महसुस गरी मुलुकको राजनैतिक बिकल्प मात्रै नभएर मौलिक राजनैतिक मूलधार पार्टीको रुपमा स्थापित हुने लक्ष्य साथ अघि बढेको पनि जानकारी विज्ञप्तीमा गराइएको छ । 

सो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था कायम गर्ने, सांसद मन्त्री बन्न नपाउने व्यवस्था कायम गर्ने, विदेशमा बस्ने नेपाली नागरिक समेतले मतदान गर्न पाउने, सांसद संख्या ११५ सम्म मात्रै कायम गर्ने र स्थानीय तहको निर्वाचन दलिय आधारमा नभएर व्यक्तित्वको आधारमा गर्ने लगायत आफ्ना उद्देश्यहरु विज्ञप्तीमा उल्लेख गरेका छन् । 

पंचायतकालदेखि आजसम्म सत्तामा बसेका राजनीतिज्ञ र उच्च तहका कर्मचारीहरुको सम्पतिको छानबीन गरी दोषीलाई कानून बमोजिम कडा सजाय गरी घुष खाएर, भ्रष्टाचार गरेर वा राज्य संयन्त्रको दुरुपयोग गरेर कमाएको सम्पति जफत गरी गरीबी निवारण, युवाहरुको रोजगारी एवं शिक्षा र स्वास्थ्यमा लगाउन एक शक्तिशाली र निष्पक्ष नागरिक आयोग स्थापना गर्ने बताएको छ ।

यही संसद, संविधान र व्यवस्था रहिरहे मूलुक दुर्घटनामा जान्छ : नेपालकालागि नेपाली पार्टी

यसै बिच  नेपालका लागि नेपाली पार्टीले सरकार निर्माणमा फ्लोर क्रसलाई सत्ता र सत्ताको लडाईमा  लागेका सबै दल र नेताहरुले  मूल राजनैतिक हतियार बनाएको परिदृश्यले संसदीय प्रणाली, संविधान र व्यवस्था नै अन्त्यको सङघारमा पु¥याएको बताएको छ ।

शनिवार उक्त पार्टीका अध्यक्ष डा. सुरेन्द्र भण्डारीले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएकोछ, ‘यस्तो अवस्थामा पनि यही संसद, संबिधान र व्यवस्था चाहिन्छ भनि गरिने तर्क वा आग्रहले  मुलुकलाई दुर्घटना तर्फ लाने निश्चित छ ।’  विज्ञप्तीमा भनिएको छ, ‘ अब व्यवस्था र संबिधानको बिकल्प खोज्न जरुरी भएकोले शान्तिपूर्ण एवं अहिंसात्मक आन्दोलन र निर्बाचन दुवैका माध्यमबाट परिबर्तन र रुपान्तरणका लागि लाग्नु पर्ने अवस्था उत्पन्न भएको छ ।’

 निर्बाचन कोविडको महामारी फैलाउने संयन्त्र बन्न हुँदैन भन्ने उक्त पार्टीको धारणा रहेको विज्ञप्तीमा स्पष्ट पारिएको छ ।  मुलुकमा देखिएको चरम राजनैतिक बिकृतिकालागि सत्ता र सत्ताको खेलमा चुर्लुम्म डुबेका सबै दल र नेताहरु यो अवस्था आउनुको जिम्मेवार छन् । विज्ञप्तीमा थप प्रस्टपार्दै भनिएको छ,  ‘यद्धपि ‘नेपालकालागि नेपाली’ पार्टीले भाबी निर्बाचनलाई भ्रष्टाचारीलाई पराजित गर्ने अस्त्रको रुपमा सदुपयोग गर्ने निर्णय गरेको छ । शनिवार उक्त पार्टीको केन्द्रिय समितिको बैठकले अब पुरातानिक संसदीय प्रणाली त्यागेर प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रि, संसदहरु मन्त्रि बन्न नपाउने व्यवस्था, र संसद संख्या ११५ मा नबढ्ने व्यवस्था हुनेपर्ने माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘बिदेशमा बस्ने नेपाली नागरिकले पनि मतदान दिन पाउने व्यवस्था र ‘नो भोट’को व्यवस्था समेत गर्नुपर्दछ ।’

उक्त पार्टीले अबको निर्वाचन हुनुभन्दा अगावै निर्बाचन प्रणालीमा व्यापक सुधार नल्याएसम्म पुरानै प्रबृति दोहोरिने आशंका गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘गणतन्त्रले मुलुकका समस्याको सम्बोधन हुन नसक्ने प्रस्ट भएको हुँदा संघियताको खारेजी, एक्काईसौं सताब्दीको लोकतन्त्र सहितको आधुनिक राजसंस्था र धर्म निरपेक्षताको खारेजी गरी धर्म सहिष्णु र धर्म सापेक्ष राज्य स्थापना गरेर मात्रै नेपाल र नेपालीको गौरब, स्वाभिमान र एकता बच्ने छ । ’ यसका लागि  उक्त एजेन्डामा सहमत हुने सबैसंग सहकार्य गर्न नेपालकालागि नेपाली पार्टीले आह्वान गरेको छ ।   


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक