20210522

घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन


 प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा गए राति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोक्नुभएको छ । राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गर्नुभएको हो ।

यसै बिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नेता माधवकुमार नेपाल बिकेपछि आफ्नै पार्टीको सरकार ढाल्न विपक्षीसँग गठबन्धन गरेको आरोप लगाउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन सिध्याउन केही नेता बिकाउ र पतित भएको आरोप लगाउनु भयो - हिजैमात्र देखियो जसको विरुद्ध चुनाव लडेर आइयो र भोलि पनि प्रतिस्पर्धा गर्नु छ, विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन लागेको देखियो । अनुशासन तोडेर, पार्टी निर्णय निर्णय गरिरहनु पर्दैन त्यस्ता कुरामा । तर जब नेता बिक्छन्, जब नेता पतित हुन्छन् आन्दोलनलाई सिध्याउन उद्यत हुन्छन् ।

ओलीले अदालतले फैसला गर्नुअघि नै प्रचण्ड माधवले पार्टी फुटाइसकेको बताउनुभयो । अर्को प्रसंगमा प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरवहादुर देउवाप्रति पनि रुष्ट हुँदै भन्नु भयो - देउवाले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले १४९ जनाको हस्ताक्षरसहित दाबी गरे पनि प्रधानमन्त्री नियुक्त नगरेको तर प्रतिनिधि सभा विघटन गरिदिएको भन्दै विज्ञप्ति निकालेका थिए । उनको विज्ञप्तिको भाषामा राष्ट्रपतिलाई आदरार्थी शब्द प्रयोग नभएको भन्दै प्रधानमन्त्री ओलीले आपत्ती जनाउँदै सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ। अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन। राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ, ओलीले भने, ‘यसबाट थाहा हुन्छ गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको रहेछ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक