20210522

अमेरिकाबाट अमेरिकी कार्गो बिमानले स्वास्थ्य सामाग्रीको पहिलो खेप काठमाडौं पुर्यायो, १००० थान अक्सिजन सिलिन्डर सहित अरु दुई खेप भोलि जाँदै

 अमेरिका / नेपालको कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप शनिबार काठमाडौं पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरे । अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं पुर्याएको हो । आज काठमाडौं पुर्याइएका सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । यसअघि १०० थान भेन्टिलेटर, परीक्षण किट्स, पीपीई, अक्सिजन उपकरण अमेरिकाले दिएको थियो ।

युएसएडले आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्दैछ । दुईदिनभित्र अमेरिकी कार्गो बिमानले थप दुई खेप सामान अमेरिकाबाट नेपाल पुर्याउँदै छ । उक्त अत्यावश्यक स्वास्थ्य सामाग्रीले नेपाली स्वास्थ्यकर्मी र जनतालाई तीव्र रूपमा बढिरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा थप सहयोग पुर्याउने, अमेरिकी दूतावासले जनाएको छ ।

स्मरण रहोस नेपालमा बिपत्ती पर्दा अमेरिकाले यस अघि पनि सहयोग गर्दै आएको छ । 


  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक