20210529

अमेरिकी कम्पनी तथा व्यवसायीले तिर्नुपर्ने करको दायरामा निकै वृद्धि, बाइड्नले आगामी आर्थिक वर्षको ६० खर्ब अमेरिकी डलरको बजेट प्रस्ताव

 राष्ट्रपति जो बाइड्नले आगामी आर्थिक वर्षको ६० खर्ब अमेरिकी डलरको बजेट अमेरिकी समय अनुसार शुक्रवार प्रस्ताव गर्नुभएको छ । बजेटमा गरिब र मध्यम वर्गका लागि नयाँ सुरक्षा कार्यक्रमहरू ल्याइएको छ । बजेटमा सम्पन्न अमेरिकी कम्पनी तथा व्यवसायीले तिर्नुपर्ने करको दायरामा निकै वृद्धि गरिएको छ । कोभिड–१९महामारीले आक्रान्त बनेको अमेरिकालाई आफ्नो नेतृत्वमा घोषणा गरेको राहत कार्यक्रमले महामारीलाई नियन्त्रण गर्न सहयोग पुर्‍याएको कारण बाइडेनले सत्ता सम्हालेको केही समयमै जनस्तरबाट बृहत् प्रशंसा पाउनुभएको थियो । बजेट ‘अमेरिकी नागरिकमा सिधै लगानी गरिने र देशको अर्थतन्त्रलाई सुदृढ पार्ने साथै दीर्घकालीन वित्तीय अवस्थालाई सुधार्ने’ दाबी डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति बनेका बाइडेनले दाबी गर्नुभएको छ । ट्रम्प प्रशासनले कोभिड–१९ नियन्त्रणमा देखाएको बेवास्ता र बाइडेनको जनमुखी कार्यक्रमले उहाँलाई प्रशंसा मिलेको छ । यो वर्षको अनुमानित घाटा ३.७ ट्रिलियन पुग्ने बजेटमा बताइएको छ भने अर्को बर्ष यो घाटा १.८ ट्रिलियनमा झर्ने उल्लेख गरिएको छ । यो महामारीभन्दा पहिलेको अवस्थाभन्दा झण्डै दोब्बर हो ।

कोभिड–१९ महामारी लक्षित राहतका लागि पाँच खर्ब अमेरिकी डलर स्वीकृत गरिसकेको अवस्थामा बजेटले थप ३० खर्ब डलरभन्दा बढी राष्ट्रिय ऋण पुग्ने प्रक्षेपण गरेको छ । त्यसैले सरकारले आफ्नो खर्चको प्रति डलरमा ५० सेन्ट उधारो लिनुपर्नेछ ।

बजेट घाटालाई रोक्न असफल भएपछि बाइडेनले व्यवसाय र उच्च कमाई भएका व्यक्तिहरूमा प्रस्तावित कर वृद्धि गर्ने योजना प्रयोग गर्नुभएको छ जसले विश्वभरका पूर्व–प्राथमिक र बाल हेरचाहको लागि ठुलो अनुदान र स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा दिइने ‘ग्यारेन्टेड’ भुक्तानी बिदा जस्ता नयाँ नयाँ सामाजिक कार्यक्रमहरू लाई मजबुत पार्न सहयोग दिने अपेक्षा गरिएको छ ।

बाइडेनले आफ्नो बजेटबारे भन्नुभयो, “हाम्रो अर्थतन्त्रको विकास गर्ने सबभन्दा राम्रो तरीका माथिबाट तल हो, तर तलबाट माथि हैन । हाम्रो समृद्धि ती मानिसहरूबाट आउँदछ जो दिनहुँ सबेरै उठ्छन्, कडा परिश्रम गर्छन्, आफ्नो परिवार बढाउँछन्, कर तिर्छन्, राष्ट्रको सेवा गर्छन्, र तिनीहरूको समुदायमा स्वयंसेवा गर्छन् ।”

बजेटमा ८०० अर्ब डलरभन्दा बढी रकम जलवायु परिवर्तन विरुद्धको लडाइँ साथै स्वच्छ ऊर्जामा लगानी गर्नका लागि छुट्ट्याइएको छ भने २०० अर्ब तीन–चार वर्षका पूर्व प्राथमिक विद्यालयमा जाने उमेरका बालबालिकालाई निःशुल्क विद्यालयको व्यवस्था गर्न र १०९ अर्ब डलर सम्पूर्ण अमेरिकीको दुई बर्षे निःशुल्क सामुदायिक कलेज खर्च र २२५ अर्ब डलर परिवार भत्ता र चिकित्सकीय बिदामा खर्चिने बताइएको छ ।

बाइडेनले ११५ अर्ब डलर सडक र पुल निर्माणका साथै १६० डलर सार्वजनिक यातायात र रेल सेवा सुधारका लागि छुट्ट्याइएको छ भने एक खर्ब डलर ब्रोडब्याण्ड इन्टरनेट पहुँचमा सुधारका लागि खर्चिने बताइएको छ ।

बजेट कार्यान्वयनका लागि अमेरिकी संसद् कङ्ग्रेसबाट पारित हुनुपर्छ । रिपब्लिकन पार्टीका सिनेटर लिड्से ग्राहमले योजनालाई अनावश्यक रूपमा महँगो भनेर आलोचना गर्नुभएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक