20210520

राजनीति फोहोरी खेलको नग्न प्रदर्शन भैरहँदा र सरकार देखी दलहरु कोरोना नियन्त्रणमा नलाग्दा स्थिती भयाबह बन्दै, १९० जना सङ्क्रमितको मृत्यु, ८८२७ सङ्क्रमित थपिए

 काठमाडौं / राजनीति फोहोरी खेलको नग्न प्रदर्शन भैरहँदा र सरकार देखी दलहरु कोरोना नियन्त्रणमा नलाग्दा स्थिती भयाबह बन्दै गएको नेपालमा आज मात्र कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २१ ह्जार ६९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा

कोरोनाका कुल सङ्क्रमित चार लाख ८८ हजार ६४५ पुगेको छ । मन्त्रालयका अनुसार हाल एक लाख १५ हजार ८५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । 

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म कोरोनाभाइरस लागेका तीन लाख ६६ हजार ९४६ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १९० जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । नेपालमा हालसम्म कोरोनाभाइरसका कारणले पाँच हजार ८४७ जनाको मृत्यु भएको छ । हाल ९३२ जना क्वारेन्टिनमा छन् । हालसम्म १८ लाख ५५ हजार ७९३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक