20210520

कस कसलाई दिऊँ श्रध्दान्जली ?

 कस कसलाई दिऊँ श्रध्दान्जली ?

कस कसलाई दिऊँ समवेदना ?

उनी पनि गए भन्छन् 

तिनी पनि गए भन्छन् 

तल्ला घर 

माथिल्ला घर 

बिचका घर 

वल्लो टोल 

पल्लो टोल 

पारी 

वारी 

कतै शोक मग्न छन् मान्छेहरू 

कतै अक्सिजनको अभावमा 

छटपटाइ रहेका छन् जिन्दगीहरू 

हे ईश्वर चाहिन्न अरू केही 

बस, एक मुठी प्राण बँचाइदे 

जताततै हार गुहार चलिरहेछ 

भाग दौड छन् आफन्तजन 

सरकार "त्यो पर्दैन" भन्छ !

मेरो कलम रनभुल्ल छ आज 

नर्क आफ्नै अगाडि देखेर 

सोध्छ मै सँग मेरो कलम 

कस कसलाई दिऊँ श्रध्दान्जली ?

कस कसलाई दिऊँ समवेदना ?

भो अब म अगाडि लेखिरहन सक्दिन !

- रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक