20210507

सर्वोच्चले बस्न्यातलाई मानवीय दृष्टिले धरौटीमा छाड्न आदेश, जग्गा दलाल शोभाकान्त ढकाललाई रिहा गर्ने र नगर्ने विषयमा २ भन्दा बढी न्यायाधीशको इजलासमा !

 नेपालमा सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणका आरोपित पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौटी वा जमानतमा तारेखमा छाड्न आदेश दिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको घटनामा संलग्नको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर बस्न्यातले आफ्नो उमेर ६९ वर्ष पुगेको, मुटुको

बिरामी रहेको र कोरोना संक्रमण पनि भएकाले मानवीय दृष्टिले थुनामुक्त गर्न आदेश माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट मागमा सर्वोच्चले बस्न्यातलाई मानवीय दृष्टिले धरौटीमा रिहा आदेश दिएको हो ।

जग्गा दलाल शोभाकान्त ढकाललाई रिहा गर्ने र नगर्ने विषयमा सोही इजलासका २ न्यायाधीशबीच राय बाझिएको छ । न्यायाधीश खतिवडाले अर्का प्रतिवादी मीनबहादुर गुरुङ धरौटीमा रिहा भएकोले ढकाललाई पनि धरौटीमा रिहा गर्नु पर्ने ठहर गर्नुभएकोमा अर्का नायायधीश डा भट्टराईले मिसिलबाट सरकारी सार्वजनिक जग्गा व्यक्तिका नाममा पार्ने प्रमुख पात्र देखिएका ढकाललाई अन्य प्रतिवादीहरुसंग तुलना गरेर रिहा गर्न नमिल्ने भनी राय बझाउनुभएको हो । अभियुक्त ढकालको मुद्दा अब २ भन्दा बढी न्यायाधीशको इजलासमा पेश हुने भएको छ ।

यसैबीच आजै सोही इजलासले उज्यालो नेटवर्कमा फर्जी कागज प्रकाशन गरेको अभियोगमा पक्राउ परेका दुई पत्रकारलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ भनिने श्यामबहादुर तामाङ र महाप्रबन्धक प्रभात भनिने दुर्गालाल तामाङलाई रिहाको आदेश भएको हो । समाचार सम्प्रेषण गर्दा तथ्यगत त्रुटि गरेका कारण निवेदकले क्षमायाचनासमेत गरिसकेको अवस्थामा थुनामा राखिरहनु गैरकानूनी हुने ठहर इजलासले गरेको छ ।

 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक