20210520

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा दुई अध्यादेश जारी, राजनीतिक फोहोरी खेलका रुपहरु एक पछि अर्को पटाक्षेप भैरहँदा जनता भने निरास

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दुई अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिले शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड– १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको हो ।

यसै बिच सरकारले संघीय संसदको अधिवेशन जेठ ९ गतेदेखि आह्‍वान गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अधिवेशन आहवानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभएको एक मन्त्रीले जानकारी दिनुभयो । ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई उहाँले धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभएको थियो । 

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भर्खरै विश्वासको मत प्राप्त नभएर धारा ७३ को उपधारा ३ बमोजिम सरकार बनेकाले उपधारा ४ बमोजिम जाँदा पनि विश्वासको मत प्राप्त हुन आधार नभएकाले मार्ग प्रशस्त गर्न खोजिएका बताए । गुरुङले नेपाल प्रेससँग भने–संसदको अहिलेकै संरचनाबाट विश्वासको मत प्राप्त हुने आधार नभएकाले धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि संवैधानिक मार्ग प्रशस्त्र गर्न राष्ट्रपति समक्ष आग्रह गर्ने कुरा भएको छ । अब उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गरेमा राष्ट्रपतिले त्यस्तो सांसदलाई प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर, आधार पेस नभएमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग हुनेछ र केपी ओलीकै नेतृत्वमा चुनाव घोषणा हुनेछ । 

यता  नेपाल प्रेसका अनुसार  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार गएका छन् । मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि राष्ट्रपतिलाई मार्ग प्रशस्त गर्ने निर्णय गराएसँगै उनीहरू बालुवाटार पुगेका हुन् ।

अहिलेसम्म तटस्थ बस्दै आएका ठाकुर र महतो मन्त्रिपरिषद्को निर्णयलगत्तै बालुवाटार पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कोरोना माहामारीका बिच राजनीतिक फोहोरी खेलका रुपहरु एक पछि अर्को पटाक्षेप भैरहँदा जनतामा भने कुनै उत्साह देखिएको छैन बरु दिन प्रतिदिन जनता निरास हुँदै आक्रोसित बन्दै जाने परिस्थिती सिर्जना भैरहेछन् । हेरौं अझ के के देख्नु पर्ने हो नेपाली जनताले ।   

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक