20210520

ओली पक्षकै राम बहादुरलाई हराएर खिमलाललाई जिताए माधव नेपाल, प्रचण्ड र शेर बहादुरहरुले, ओलीलाई अर्को धक्का

 एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा विश्वाशको मत दिने बेला अनुपस्थित भै अल्पमतमा पारे लगत्तै माधव नेपाल पक्षका एमाले जनहरुले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा ओली पक्षकै गृहमन्त्री समेत रहेका राम बहादुर थापालाई हराएर अर्को धक्का दिएका छन । एमाले भित्र समझदारी कायम गर्न ओली नेपाल बार्तामा रहेका बेला र कार्यदल बनेर बार्ता चल्दै गर्दा माधव नेपाल पक्षले अर्को गोल गरेको छ प्रचण्डको माओवादी र काङ्रेस सँग मिलेर । यसै बाट अनुमान गर्न सकिन्छ कि माधव नेपाल पक्ष र ओली पक्षको मतभेद कती गहिरो छ र प्रचण्ड माधव नेपालको काँधमा बन्दुक राखेर कसरी पसरी शिकार गरिरहेका छन, गर्दैछन । फलस्वरुप बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनु भएको छ । देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी हुनु भएको हो । नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका रामबहादुर थापा “बादल” लाई पराजित गर्दै देवकोटा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार देवकोटाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले नेता तथा वर्तमान गृहमन्त्री थापालाई १ हजार ७४ मतभारले पराजित गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निर्वाचनमा देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्नुभयो, भने थापाले ४ हजार १४ मतभार प्राप्त गर्नुभयो । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार उपनिर्वाचनमा प्रदेश तर्फ कुल १०५ मतदान भएको मध्ये देवकोटाले ५८ अर्थात् २७८४, थापाले ४५ अर्थात् २१६० र तामाङले २ अर्थात् ९६ मत प्राप्त गर्नुभयो । यस्तै स्थानीय तह तर्फ देवकोटाले १२८ अर्थात् २३०४, थापाले १०३ अर्थात् १८५४ र तामाङले २ अर्थात् ३६ मत प्राप्त गर्नुभएको हो । कुल ३ सय ४८ मतदाता मध्ये ३ सय ३८ जनाले मात्र निर्वाचनमा मतदान गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार ४८ मतभार रहेको प्रदेशसभातर्फ १०९ मध्ये १०५ जना र १८ मतभार रहेका ११९ स्थानीय तहको २३८ मतदाता मध्ये २ सय ३३ जनाले मतदानमा भाग लिनुभएको थियो ।

उपनिर्वाचनमा एमालेका तर्फबाट सूर्य चिन्हमा रामबहादुर थापा (बादल), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा कलम चिन्हमा स्वतन्त्र रुपमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिनुभएको थियो । भने, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तर्फबाट मादल चिन्हमा कृष्णबहादुर तामाङले उम्मेदवारी दिनुभएको थियो ।

यसै बिच सत्तारुढ नेकपा एमालेले बागमती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्यको उप निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्नु गम्भीर रहेको बताएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकले भनेको छ, ‘बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा देखापरेका पार्टीको निर्देशनविपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरताका साथ लिँदै भर्त्सना गरेको छ ।’

बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सांसद योगनारायण यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । उहाँको निधनबाट तराई–मधेसले एकजना सक्रिय र सम्भावनायुक्त नेता गुमाएको निष्कर्षका साथ बैठकले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

ठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीको बढ्दो प्रकोप र यसका विरुद्ध सरकारले गरिरहेका प्रयासहरुका बारे जानकारी गराउनु भएको थियो । ‘बैठकले सरकारका प्रयासहरु सकारात्मक रहेको निष्कर्षका साथ कोभिड महामारीका विरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधी र स्वास्थ्य सामग्रीहरुको कुनै कमी हुन नदिन, एकीकृत ढङ्गले कोभिडविरुद्ध लड्नका लागि आवश्यक कानुनी र संरचनाको व्यवस्था गर्न एवं जनताको जीवनरक्षाका लागि कुनै कमी रहन नदिन सुझाव दिएको छ,’ बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ ।






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक