20210610

साढे तीन बर्षमा १९ औँ पटक र पछिल्लो पटक आज ६ दिन बित्न नपाउंदै मन्त्रीमण्डल पुनर्गठन

 मन्त्रीमण्डलको नामावली हेर्दा सर्कसको जोक्करले भन्दा ओलीले बढी हँसाएका छन !

 लोकतन्त्र जब जोकतन्त्र बन्छ, देश जब राक्षसी राजमा परिणत हुन्छ जनताले यस्तै यस्तै हेर्न पर्ने रहेछ । गत आम निर्वाचनमा १७ हजार लाश माथि चढेर आएका अपराध शिरोमणी प्रचण्डसँग एकाएक झापामा टाउका गिँडेर १४ बर्ष जेल बसेका केपी ओलीले जुन साँठगाँठ गरे त्यो बेला देखी नै देशमा अशुभ सँकेत शुरु भएको हो । पुग नपुग दुई तिहाइ आएर के गर्नु ? देख्नु भयो यि २ जनाको नाटकले देश कहाँ पुग्यो । अहिले हप्ता दिन नपुग्दै मन्त्री मण्डल पुनर्गठन गर्ने अवस्था सम्म आएका ओली निभ्ने बेलाको बत्ती जस्तै देखिन थालिसकेका छन । अदालतमा अहिले बिचाराधिन मुद्धामा भइरहेको "कोटे श्रीमान" र "दले वकिल" हरुको चरम राजनीतिले ओलीका दिन धेरै छैनन जस्तो पनि देखिंदैछ तर जालझेल तिग्डममा माहिर ओलीले कुन बेला कुन पासा फ्याँक्ने हुन र जोकतन्त्र कता पुग्ने हो अनिश्चित जस्तै देखिएको छ । 

अहिलेको अवस्था झन जटिल बनेको छ । उखान टुक्का, हाँसोका माहिर, जोक्कर साबित भएका ओली एकातिर कती खेर हट्लान र आनन्द होला भन्ने छ भने अर्को तर्फ अपराध शिरोमणी र भस्मासुरका रुपमा ख्याती कमाएका प्रचण्ड, "भारतीय बिशेष दुत" बाबुराम भट्टराई, बारम्बार प्रधानमन्त्री बनेर देश दोहन गरेका असफल शेर बहादुर देउबा, उधारो नचल्ने, हाताहाती चाहिने "पुर्सुङ्गे" माकुनेहरु र तिनीहरुको चाल देख्दा छि यिनीहरुलाई पनि कसरी स्विकार गर्ने ? भन्ने जनताको भावना बुझिन्छ । जनता यिनीहरुको बिकल्प चाहन्छन तर बिकल्पहरु असँगठित छन । देशको चिरहरण भैरहेको छ । 

ओली यति गिरिसकेका छन कि अब आफ्ना "हनुमान" हरु छान्दै श्रीमान श्रीमती नै पालै पालो मन्त्री बनाउन थालेका छन । ओलीको नक्कली राष्ट्रबादको खोल उत्रिसक्दा र यिनी डुङ्डुङी गन्हाउँदा पनि बलियो बिकल्प देखिएको छैन । बरु "कोटे श्रीमान" हरुले कुन बेला के फर्माउने हुन र राजनीतिले कुन मोड लिने हो अनिश्चित छ । 

राष्ट्रपती बिबादित मात्र होइन यो पदको गरिमा शुन्यमा झरिसकेको छ । यसैबिच साढे तीन बर्षमा १९ औँ पटक र पछिल्लो पटक आज ६ दिन बित्न नपाउंदै मन्त्री मण्डल पुनर्गठन गरिएको छ । मन्त्री मण्डलको नामावली हेर्दा सर्कसको जोक्करले भन्दा ओलीले बढी हँसाएका छन । मन्त्री पद यति सस्तो बनाएछन कि अब मन्त्री पदको गरिमा पनि शुन्यमा झरिसकेको देखिन्छ ।

अरु त अरु आइ लब यु केपी ओली "बा" भन्ने अरिङ्गगाल हुन कि झुसे बारुला हुन तिनीहरु एकाएक गायब हुन थालेका छन भने ओलीको आरती उतार्नेहरुको पनि बक्के बन्द र अनुहार मलिन देख्न थालिसकेको छ ।        

समग्रमा भन्दा लोकतन्त्र जोकतन्त्रमा परिणत भएको छ, गणतन्त्र गलगाँडतन्त्र बनिसकेको छ र अब बिकल्प खोज्नु बान्छनिय देखिएको छ । 

३,७४९ जना कोरोना संक्रमण थपिएकै दिन, कोरोनाका कारण ५९ जनाको मृत्यु भएको समाचार आएकै दिन, ति सबै समाचार र महामारीलाई ओझेल पार्दै  आज पुनर्गठन गरिएको मन्त्री मण्डल यस्तो छ हेर्नुस : 

     


                                       

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक