20210608

चौबीस घण्टामा १०८ जना सङ्क्रमितको मृत्यु, कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार नाघ्यो

 नेपालमा कोरोनाभाइरसका तीन हजार ८७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ६५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ९५ हजार ३६४ पुगेको छ । सोही अबधिमा पाँच हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार २८३ को रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा छ हजार ५७० सङ्क्रमित कोरोनामुक्त भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा पाँच लाख चार हजार ५३० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । निको हुने दर ८४.७ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०८ जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार नाघेको छ । हालसम्म आठ हजार ९८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसै बिच महामारीको उच्च जोखिम अझै कम नभएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिण्डरहरु व्यक्तिका घरमा नराख्न अपिल गरेको छ । साथै घर, टोल र विभिन्न किसिमका आइसोलेसन सेन्टरमा रहेका अक्सिजन सिलिण्डरहरु भर्नका लागि सम्बन्धित उद्योगमा उपलब्ध गराइदिनुहुन आग्रह समेत गरेको छ।

अक्सिजन सिलिण्डरहरु समयमै भर्नका लागि सम्बन्धित अक्सिजन कम्पनीमा नपुग्दा समग्र आपूर्ति प्रणालीमा समस्या पर्ने भन्दै मन्त्रालयले यथासक्य चाँडो अक्सिजन भर्नका लागि उद्योगमा उपलब्ध गराउन आग्रह गरेको हो। त्यसैगरी मन्त्रालयले स्पतालहरलाई पनि अक्सिजन सिलिण्डरहरु भरेर राख्न तथा अक्सिजन प्लान्ट जडान तथा ट्यांकरहरु मर्मत गरि पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था गर्न अनुरोध गरेको छ।

यसैबीच मन्त्रालयले संख्यात्मक रुपमा कोरोना संक्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायम रहेको भन्दै मापदण्ड पालनामा लपरवाही नगर्न सचेत गराएको छ । मन्त्रालयका अनुसार विगत २४ घण्टामा मात्र ५ हजार १ सय ५३ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

१२ हजार ६५ को पिसिआर र ५ हजार ६ सयको एन्टिजिन परिक्षण गर्दा ३० प्रतिशतको हाराहारीमा नयाँ सक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्र भाइरसका कारण १०८ जनाले ज्यान गुमाएका छन भने ६ हजा ५ सय ७० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक