20210613

बिचरा पाँच भाई पूर्वप्रधानमन्त्रीहरु !

 - सन्तोष चिमरिया 

बिचरा पाँच भाई पूर्वप्रधानमन्त्रीहरुले बडो चित्त दुखाएर बिज्ञप्ती निकाले । देखिने कखरामा जे-जे लिखिएको भए पनि, यो चित्त दुखाई , एउटा भक्तको, भगवानप्रतीको चित्त दुखाई जस्तै मार्मिक थियो । एउटा दासको, स्वामीप्रतीको चित्त दुखाई जस्तै वेदनायुक्त थियो । आफ्नो भक्ती , प्रार्थना, दासता र समर्पणको अवमूल्यन हुँदा जुन ग्रन्थी नसा नसामा बहन्छ, त्यही ग्रन्थीले लेखेको एउटा हृदयविदारक र मर्मस्पर्शी पत्र थियो । 

 शब्दहरुको पर्दा उघारेर, नियत चिहाउन र पढ्न सक्ने जोसुकैले पनि , पाँच भाइ पाण्डबले , श्रीकृष्णलाई लेखेको यो मार्मिक पत्रको भावानुवाद यसरी गर्नसक्छ । 

 " हे प्रभु ! हामी पनि त हात जोडेर मन्दिर बाहिर खडा छौ ।

 हे नाथ ! हामी पनि त प्रभुका चरणकमलको धुलो शिरमा लगाउन आतुर छौ । लालायित छौं । हाम्रो पनि त भक्तिमार्गमा अविचलित रहेका हनुमानको जस्तै गौरवमय इतिहास छ । हामीले पनि त , प्रभुवचन नाघेर कुनै पापकर्म गरेका छैनौं । फेरि, हामीबाट कहाँनेर गल्ती भयो नाथ ! यदि, भुलबस केही गल्ती भएकै भए पनि , हामी क्षमाप्रार्थी छौ । हामी कुनै न कुनै नदिनाला चडाएर पश्चताप गर्न तयार छौ । तर , प्रभुको यस्तो कठोर उपेक्षा सहन सक्ने क्षमता हामीमा छैन , नाथ ।  

त्यसैले , हे करुणानिधि ! हामीबाट भएका कमी- कमजोरीलाई माफ गरेर, हामी माथी पुनः कृपादृष्टी होस । 

 हाम्रो पनि जाने अरु कुनै मन्दिर छैन । पुज्ने अर्को कुनै भगवान छैन । हे दक्षिणकाले पिता ! हाम्रो आराधना स्वीकार होस् । हामी कहिले पो अन्कम्फर्टेवल थियौं र ! आगे झन कम्फर्टेवल हुने प्रतिज्ञा गर्छौ । हामी बुँदाहरु धस्काएर , सार्बभौमसत्ता त बन्दकी राख्न सक्छौ भने,  बालुवा- गिटी नाथे दिन त , हामी पनि त कन्जुस्याइँ गर्ने थिएनौं नि प्रभु । "


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक