20210612

पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्ति कुन्नि के जति गर्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तै !


विदेशीसामू निर्लज्ज लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास संझिनोस् त : रबीन्द्र मिश्र

काठमाडौं । पाँच पूर्व प्रधानमन्त्रीको विपक्षी गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतालाई  असर पार्ने दीर्घकालिन प्रकृतिका काम नगर्न चेतावनी दिएको देखे पछि बिबेकशिल साझा पार्टीका अध्यक्ष रबीन्द्र

मिश्रलाई कन्सिरी तातेछ अनि लेख्छन "नाटकको पनि सीमा हुन्छ। विदेशीसामू निर्लज्ज लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास संझिनोस्। तपाईंहरूले स्वाभिमान राखेर, देशलाई छातिमा बोकेर काम गरिदिएको भए आज विदेशीसामू नेपालको शीर यतिविघ्न नुहेको हुने थिएन। विदेशी राजदूतका सामू थरथर काँप्ने तपाईंहरूलाई अहिले विदेशी हष्तक्षेपको पीर पर्यो? अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने समयमैँ बुझिदिएको भए यो स्थिति आउने नै थिएन!" 

हुन पनि दिल्लीमा १२ बुँदे सम्झौता गरेर पालैपालो प्रधानमन्त्री खाएका पाँच सिल्लीहरुले निकालेको बिज्ञप्ती कुन्नि के जति गर्ने लाई भन्दा देख्ने लाई लाज भन्थे त्यस्तै भएको छ अहिले ।

पाँच पूर्व प्रधानमन्त्रीको विज्ञप्तिमा यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका निकायहरुलाई गठबन्धनले आग्रह समेत गरेको छ । गठबन्धनमा संलग्न पाँच नेताहरुले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गरेका उनीहरुले नेपालको संवैधानिक व्यवस्थामाथि भइरहेको निरंकुश हमलाका विरुद्ध एैक्यवद्धता जनाउन सबैसँग आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न नर नगराउन चेतावनी दिँदै यसप्रकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अंगहरुलाई समत आग्रह गर्दछौं ।’ विज्ञप्तिमा शेरबहादुर देउवा , प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक