20210607

पछिल्लो चौबीस घण्टामा ९२ जना सङ्क्रमितको मृत्यु, हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने ७९९०

 नेपालमा कोरोनाभाइरसका तीन हजार ३७० सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार २ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै नेपालमा कोरोना कुल सङ्क्रमित पाँच लाख ९१ हजार ४९४ जना पुगेको जनाएको छ । हाल नेपालमा ८५ हजार ५४४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ९५१ जना सङ्क्रमित निको भएका छन् । हालसम्म नेपालमा चार लाख ९७ हजार ९६० जना कोरोनामुक्त भएका हुन् । कोरोनाबाट निको हुने दर ८४.२ प्रतिशत पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९२ जना सङ्क्रमितको मृत्यु भएको

छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सात हजार ९९० पुगेको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक