20210624

सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संवैधानिक आयोगमा पदाधिकारी नियुक्त

 सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्नु भएको छ । आज राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा विभिन्न निकायहरूमा २० जनालाई नियुक्त गरिएको जनाइएको छ ।

डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त गरिएको छ । माधव प्रसाद रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गरिनुका साथै निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगमा २० पदाधिकारी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसरी सिफारिस हुने पदाधिकारीहरूको संसदीय सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ तर संसद् नभएको अवस्थामा सिफारिस भएको ४५ दिन पुगेपछि नियुक्त गरिने व्यवस्था रहेको छ र सोही अनुसार आज राष्ट्रपतिले उहाँहरूलाई नियुक्त गर्नु भएको हो ।

    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक