20210718

कहीं नभएको जात्रा एमालेमा, राजनीतिक वेश्यावृत्तिको चरम रुप देखियो आज, ओलीपक्षकाले नै दिए देउबालाई बिश्वासको मत, भस्मासुर प्रचण्डको भस्म नीति फेरी पनि सफल, माधव नेपाल गुटमा पनि दुई धार

 कहीं नभएको जात्रा हेर्न मन लागे अब एमालेमा हुने हुने भएको छ । साढे तीन बर्ष अघि केपी ओलीले नाटकीय रुपमा एकता गरेर एमाले भित्र्याएका प्रचन्डका कारण एमाले भस्म हुने कुरा पहिलै देखी आँकलन गरिएकै थियो जुन भयो । भएन मात्रै, हुँदा खाँदाको सग्लो एमाले भस्म भयो, एमालेको कारीब दुई तिहाइको सरकार भस्म भयो र अल्पमतमा रहेका देउबाले पनि एमालेकै साँसद चोरेर बहुमत पाउने स्थिती बन्यो ।  एमालेका नेता, साँसद रे, प्रचण्डको आदेशमा चल्ने, देउबा बोक्ने, आफ्नैलाई ठोक्ने ! यस्तो जात्रा पनि देखियो एमालेमा । अब एमाले को भबिस्य अन्धकारमाया भएको छ भने भस्मासुर भनिने प्रचन्डको भस्म पार्ने नितीले साकार रुप लिएको छ । हुन त राजनीतिमा भोली के हुन्छ भन्न कठिन हुन्छ त्र एमाले नैतिकता, सिद्धान्त, आदर्शका हिसाबअले "गइल भैंस पानी मे" बनेको अनुमान गरिंदैछ ।  
               

यसै बिच आज प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन। आइतबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राखेका देउवाको पक्षमा १६५ मत आएको छ। विपक्षमा ८३ मत आएको छ भने मत दिन्न भन्नेमा एक मत परेको सभामुख अग्निप्रसाद सापकोटाले बताए। देउवाले विश्वासको मत प्राप्त गरेको सभामुख सापकोटाको भनाइ छ।

आज प्रतिनिधि सभामा दुई सय ४९ जना सांसद उपस्थित थिए। देउवालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेका केही सांसदले मत दिएका हुन्।

एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले पनि देउवालाई विश्वासको मत दिएका थिए। सर्वोच्चले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो।

नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो। पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी गराएका थिए। 

आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन्। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने  नेपालनिकट १० सांसद तटस्थ बसेका छन्।  

यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका छन्।

केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। त्यस्तै तनहुँ-१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन्।

माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन्। हिरा केसी, पार्वती विसुंखे, गोपाल बम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिएका हुन्। यी सबै यसअघि ओली पक्षका सांसद हुन्। उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन्।

योसँगै एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छन्। यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए। 

झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद भवनबाट निस्किएका हुन्।

संसदमा  अनैतिक काम भएकाले आफूहरू मतदान प्रक्रिया सहभागी नहुने सांसद झपट रावलले बताए। जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिने कुरा अनैतिक भएको उनीहरूले बताएका छन्।

नेकपा एमालेको आज बसेको स्थायी कमिटी बैठकले देउवाले लिने विश्वास मतको विपक्षमा मत हाल्ने निर्णय गरेको थियो। पार्टी निर्णयविपरीत २२ जनाले देउवालाई विश्वासको मत दिएका छन् थप  १० जना तटस्थ बसेका छन्। 

देउवालाई विश्वासको मत दिने एमालेहरू:

माधवकुमार नेपाल

भवानी खापुङ

मुकुन्द न्यौपाने

विरोध खतिवडा

जीवनराम श्रेष्ठ

कल्याणी खड्का

मेटमणि चौधरी

पार्वती विशुंखे

हिरा केसी

कृष्णकुमार श्रेष्ठ किसान

गोपाल बम

प्रेमबहादुर आले

लक्ष्मी चौधरी

निरादेवी जैरू

रामकुमारी झाँक्री

धनबहादुर बुढा

विना बुढाथोकी

सरला यादव

पुष्पाकुमारी कर्ण

कलिला खातुन

सविना हुसेन र

कृष्णलाल महर्जन

यसै बिच प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदीले उनलाई बधाई र शुभकामना दिएका छन्। मोदीले आइतबार राति साढे १० बजे आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र सफल कार्यकालको शुभकामना। दुई देशबीच सबै क्षेत्रहरूमा रहँदै आएको विशिष्ट साझेदारीलाई थप विस्तार गर्न र जनस्तरको गहिरो सम्बन्धलाई थप सुदृढ बनाउन म तपाईंसँग सहकार्यको अपेक्षा गर्दछु।'

मोदीले फोन गरेर पनि देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

सर्वोच्च अदालतको फैसलापछि गत असार २९ गते नै देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। तर एक साता बित्न आँट्दा पनि भारतीय समकक्षीका तर्फबाट बधाई आएको थिएन। जबकि, २०७१ मा मोदी पहिलोचोटि प्रधानमन्त्री भएयता उनले नेपालमा सरकार परिवर्तन हुनेबित्तिकै बधाई दिँदै आएका थिए।

उनले पछिल्लो सात वर्षमा नेपालमा नियुक्त भएका चार प्रधानमन्त्रीलाई त्यही दिन वा अर्को दिन टेलिफोनमा कुरा गरेर बधाई दिने र भारत भ्रमणको निम्तो दिने गरेका थिए भने सामाजिक सञ्जालमार्फत् पनि बधाई दिने गरेका थिए। 

नेपाल भारत सम्बन्ध चिसिएका बेला र व्यक्तिगत रूपमा नेपालका प्रधानमन्त्रीसँग भारतको सम्बन्ध बिग्रिएका बेला पनि नवनियुक्त नेपाली प्रधानमन्त्रीलाई समकक्षी भारतीय प्रधानमन्त्रीले तत्कालै बधाई दिने चलन थियो।

यसपालि भने देउवा प्रधामन्त्री भएको छ दिनसम्म बधाई नदिई बसेका मोदीले आइतबार देउवाले संसदमा विश्वासको मत प्राप्त गरेको केही बेरमै सामाजिक सञ्जालमार्फत् बधाई र शुभकामना दिएका हुन्।

यस अघि प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा सांसदहरुका सवालको जवाफ दिदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता जनताको जीवन भएको बताए । उनले सरकारले छ्टिटै सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने बताए ।

‘मेरो पहिलो प्राथमिकता खोप हो । दोस्रो प्राथमिकता खोप हो । तेस्रो प्राथमिकता पनि खोप हो । विकासभन्दा जनताको जीवन महत्वपूर्ण छ । पहिले लाइफ, अनि विकास’, देउवाले भने ।

उता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरेपछि जनताको जित भएको प्रतिक्रिया दिएका छन् । उनले आजको मत परिणामबाट संविधान जोगिएको समेत बताए । पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपालले भने, ‘संविधान जोगियो, संविधान निर्माताको भावनाको सम्मान भयो । निरंकुश प्रवृत्तिमाथि अंकुश लाग्यो । सर्वोच्चको ऐतिहासिक फैसलाको हामीले उचित कदर गरेका छौं ।’ उनले थपे, ‘यो जनताको जित हो, लोकतन्त्रको जित हो र संविधानको जित हो ।’


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक