20210718

वहाँ, अर्थात् अर्का बा, देउ "बा" !

गृहमन्त्री बनेर आउनु भो 
माओवादी जन्माउनु भो
पहिलो चोटि प्रधानमन्त्री बनेर आउनु भो 
प्रचण्ड बाबुरामलाई जङ्गल पठाउनु भो 
पजेरो काण्ड मात्र होइन 
सांसद किनबेच गर्नु भो, उठाउनु भो !
शङ्कर होटेलमा थुन्नु भो 
सिँगापुर र थाइलैण्ड काण्ड बुन्नु भो   
फेरी प्रधानमन्त्री हुनु भो 
रगतको आहालमा खेल्नु भो 
प्रचण्ड बाबुरामको टाउकाको मूल्य तोक्नु भो 
प्रजातन्त्र बुझाउनु भो, राजालाई बोक्नु भो 
असक्षम भनेर निकाले पछि राजालाईनै ठोक्नु भो
भित्र भित्रै फेरी तिनै प्रचण्ड बाबुरामहरू बोक्नु भो
कहिले छोरी बोक्नु भो 
कहिले बाउ बोक्नु भो
कहिले बाबुराम बोक्नु भो  
रुखमा होइन हँसिया हथौडामा भोट हाल्न लाउनु भो
रुखमा भोट हाल्नेलाई कारबाही थमाउनु भो   
"दुई पाइलट" ले उडाए, टाउको समाउँदै आउनु भो 
जसले धोखा दियो उसै सँग मिलेर फेरी पाउनु भो 
जे होस पाँचौँ पटक प्रधानमन्त्रीमा आउनु भो,
विश्वासको मत पनि बढी नै पाउनु भो
देउ "बा" भन्दैछन जनता सुशासन
फेरी देख्नु नपरोस् पहिला जस्तै कुशासन ! 
- रामप्रसाद खनाल, जुलाई १८, २०२१

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक