20210719

सतीश चापागाईंको शब्दमा ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित भर्खरै सार्वजनिक

 मान्छे देख्दा चिटिक्क परेका राम्रा मात्र होइन वहाँ देश दुनियाँका लागि चिटिक्कका गीत पनि लेख्नुहुन्छ । अमेरिकाको बाल्टिमोर निवासी संचारकर्मीका रुपमा परिचय बनाएका सतीश

चापागाईंको शब्दमा ‘सरकार चाहियो' बोलको गीत म्युजिक भिडियो सहित भर्खरै सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर र संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र माष्टर मिक्सिंग श्याम श्वेत रसाईलीले गर्नु भएको हो भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो। मिलन श्रेष्ठले सम्पादन गर्नुभएको भिडियोको निर्देशन रामजी ज्ञवालीले गर्नुभएको हो ।

भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ । "कोरोना महामारीका बेलामा भिडियो बनाउदा केहि कमि कमजोरी भएपनि समग्रमा गीत राम्रो छ।" निर्देशक रामजी ज्ञवालीले बताउनु भयो।

"जनताका जीवनमा हिजो पनि घाउ थिए र आज पनि घाउहरु छन्। सरकारले यी घाउहरुमा मल्हम लगाउनु पर्छ भन्ने मेरो मान्यता हो।" गीतकार सतीश चापागाईंले भन्नुभयो।

गीत एक बर्ष अगाडी नै रेकर्ड गरिएको पनि चापागाईंले बताउनु भयो। गीतकार चापागाईं नेपालमा लामो समय पत्रकारिता गरेर केहि बर्षदेखि अमेरिकामा बस्नुहुन्छ र नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक हुनुहुन्छ। गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । पत्रकार सतीश चापागाईंलाई गीतकार सतीश चापागाईंको रुपमा पनि बधाई र शुभकामना । गायक/संगीतकार शिशिर योगी लाई पनि बधाई र शुभकामना ।   नयाँ गीतलाई पनि नेपाल मदर डट कमको तर्फबाट शुभकामना । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक