20210719

११ देशका राजदूत नियुक्ति खारेज गर्ने सरकार निर्णय

 सरकारले ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले केपी शर्मा ओली सरकारले नियुक्त गरेका ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । मुस्लिम समूदायको चाड बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गृहमन्त्री बालकृष्ण खाँडलाई बकर इदमा सार्वजनिक बिदा दिन ध्यानाकर्षण गराउनुभएको थियो ।

सरकारले नेपाललाई खोप सहायता उपलब्ध गराउने मुलुकहरुलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि खोप उत्पादक मुलुकहरुलाई आग्रहसमेत गरेको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ । लोकसेवा आयोग अध्यक्ष नेतृत्वको सिफारिस समितिले पोखरेलसहित डा. महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक