20210705

कोरोनाको खतरा कायमै रहेका बेला र सर्बोच्चको फैसला आऊनै लाग्दा निर्वाचन आयोगले गर्‍यो निर्वाचन कार्यतालिका सार्वजनिक

       ओली एमाले इतरहरुले सर्बोच्चको फैसला आफ्ना पक्षमा आउने भन्दै स्वयम प्रचन्ड, देउबा, माकुनेले सार्वजनिक रुपमा बोलिरहेका बेला प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाई सकिएको छ । अदाललते यही असार २८ गने निर्णय सुनाउने मिति तय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक

इजलासमा आजबाट सम्पूर्ण सुनुवाइ सकिएर अदालतले सो दिन फैसला सुनाउने मिति तय गरेको हो । फैसला कस्तो आउँछ त्यो यसै भन्न नसकिए पनि फैसलालाई आफ्नो पक्षमा पार्न भैरहेका दुबै पक्षका हर्कतहरु न्यायमा विश्वाश गर्नेहरुका लागि भने निकै खेदजनक छन । यसले अदालतलाइ नै बिबादमा पार्ने र यसको महत्व घटाऊँदै लग्ने हो कि भन्ने सर्बत्र चिन्ता पैदा भएको छ । 

यसै बिच निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगबाट आज स्वीकृत कार्यतालिका अनुसार अनुसार असार ३१ गतेदेखि साउन १५ गते सम्म गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम राखिएको छ । पहिलो चरणमा सम्पन्न हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति असोज २१ गतेदेखि असोज २६ गते सम्म सञ्चालन हुने छ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ देखि कार्तिक ५ गते सम्म सञ्चालन गरिने आयोगले जनाएको छ ।

यसैगरी समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गते देखि कार्तिक २ गते सम्म सञ्चालन गरिने भएको छ । त्यसैगरी भदौ २३ गते गते मतदाताहरुको अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको निर्वाचन आयोगले जनाएको छ । 

उता नेपालमा कोरोना संक्रमण दर अझै स्थिर अवस्थामा रहेको छ । तर, मत्युमा भने कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ११५२७ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा २६२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप २३ जनाको मृत्यु भएको छ । २४ घण्टामा २२११ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ भने हालसम्म ९२४८ जनाको मृत्यु भएको छ ।     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक