20210707

राष्ट्रपतिको गोली हानी हत्या, राष्ट्रपतिकी पत्नीलाई पनि गोली हानियो, प्रधानमन्त्रीले गरे हत्या भएको पुस्टि

 आफु आफु मै जनता लड्दै भिड्दै गरेको र असफल राष्ट्र घोषणा भैसकेको हाइटीका राष्ट्रपति जाभोनेल मोइसेको हत्या भएको छ । स्थानीय समयअनुसार मंगलबार राति १ बजे आफ्नै निवासमा राष्ट्रपतिको मोइसेको हत्या भएको हो । प्रधानमन्त्री क्लाउडे जोसेपले एक विज्ञप्तिमार्फत हतियारधारी समूहले राष्ट्रपतिको हत्या गरेको जनाएका छन् । हत्यामा संलग्नको पहिचान भएको छैन तर उनीहरु स्पेनिस भाषा बोल्ने मानिसहरु रहेको विज्ञप्तिमा जनाइएको छ । यो आक्रमणमा राष्ट्रपति मोइसेकी पत्नीलाई पनि गोली लागेको छ । प्रधानमन्त्री जोसेपले यो घटनालाई ‘घृणित, अमानवीय र बर्बर’ भएको बताएका छन् ।

जोसेपले मुलुकमा स्थिरता कायम गर्न आवश्यक सबै कदम चालिने बताएका छन् । मोइसे सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । उनीमाथि भ्रष्टाचारका आरोप लागेको थियो । त्यस्तै सरकारविरोधी हिंसात्मक आन्दोलन पनि मच्चिएको थियो । उनले मुलुकको संविधानको पनि उल्लंघन गरेको विपक्षीहरुले आरोप लगाएका थिए । यस वर्षको सुरुआतमा हाइटीको राजधानी र अन्य सहरमा राष्ट्रपतिको राजीनामा माग गर्दै ठूलो आन्दोलन भएको थियो । गत फेब्रुअरी ७ मा राष्ट्रपतिको कार्यकाल सकिनुपर्ने विपक्षीहरुको तर्क थियो । मोइसेले भने आफूले एक वर्ष काम गर्न नपाएको भन्दै थप एक वर्षको कार्यकाल चाहिने अडान लिँदै आएका थिए ।

मोइसेले यस वर्षको सुरुआतमा नै आफ्नो हत्या गरी हाइटीमा कू गर्न लागिएको बताएका थिए । सो क्रममा आफ्नो पद बचाउन उनले सर्वोच्च अदालतका न्यायधीश र वरिष्ठ नेतासहित २३ जनालाई पक्राउको आदेश दिएका थिए । लामो समयदेखि अस्थिर रहँदै आएको हाइटीको राजनीति राष्ट्रपतिको हत्यासँगै थप अस्थिर बन्ने र हिंसा भड्किन सक्ने आशंका बढेको छ ।

The president of Haiti, Jovenel Moise, was  shot and killed in his private residence. The president's residence has put out a statement Wednesday saying the attack occurred around 1 a.m. and that the first lady Martine Moise was also wounded in the attack and is currently hospitalized. The assassination was carried out by a commando group with "foreign elements," AFP news agency reported, citing interim Prime Minister Joseph. Joseph called the assassination a "hateful, inhumane and barbaric act," according to AP. He added, "All measures are being taken to guarantee the continuity of the state and to protect the nation." In Port-au-Prince Wednesday, gunshots could be heard around the capital. Recently there has been an uptick in violence as gangs and police vy for control of the streets.


GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक