20210723

नेजाको अधिबेशन यही शनिबार र आईतवार भर्जिनियाको च्यान्टिलीमा हुँदै, सम्पूर्ण तयारी पुरा


अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अधिबेशन यही शनिबार र आईतवार भर्जिनियाको च्यान्टिलीमा हुँदै छ । सो अधिबेशनमा अमेरिकामा रहेका र यसको सदस्य भएका पत्रकारहरु सामेल हुने काबा अध्यक्ष बिकाशराज न्यौपानेले बताउनुभयो । वहाँले भन्नुभयो- उद्घाटन शत्रमा इच्छुक सबैलाई आमन्त्रण गरिएको छ भने अरु शत्रमा पत्रकारहरु मात्र सहभागी हुने छन । 


    कार्यक्रममा अतिथिका निम्ताइएका नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल अमेरिका आइसक्नुभएको छ भने अधिबेशन को सम्पूर्ण तयारी पुरा भएको महासचिब किरन मरहट्टाले नेपाल मदरलाई जानकारी दिनुभयो । 

अधिबेशन आयोजनामा सक्रिय भएर शुरु देखिनै भूमिका निर्वाह गरेका नेजाका पदाधिकारी र सदस्यहरु अहिले बाहिरबाट भर्जिनिया आइरहेका पत्रकारहरुको स्वागतमा ब्यस्त छन । लीला ओझा, निदेश अधिकारी, सुरज भण्डारी देखी बिकाशराज न्यौपाने, किरन मरहट्टा र अन्य पदाधिकारी एबम सदस्यहरु अधिबेशन कसरी भब्य बनाउने त्यसमा केन्द्रित देखिन्छन । 

यसै अधिबेशनबाट नयाँ नेत्रित्वको चयन गरिनेछ । अध्यक्षमा बिकास राज न्यौपाने, किरन मरहट्टा, गोकुल ढकाल, निदेश अधिकारी आकाँक्षी भएको बुझिएको छ । 

२००७ मा गिरिश पोखरेलको नेत्रित्वमा शुरु भएको नेजाले आरोह अबरोह पार गर्दै आएको छ । 

बिचमा केही गैर्ह पत्रकारहरुको हातमा नेत्रित्व जाँदा नेजा बिबादास्पद बनेको पनि थियो तर अहिले ठिक ट्र्याकमा ल्याउन प्रयास भैरहेको देखिन्छ यद्यपी बिचमा बनाइएका गैर्ह पत्रकार सदस्यहरुका कारण भने नेजामा अहिले पनि प्रश्न उठिरहेको छ । 

यस अधिबेशनले र आउने नयाँ नेत्रित्वले नेजालाई बिशुद्ध पत्रकारहरुको संस्था बनाउन भूमिका निर्वाह गरुन नेपाल मदर डट कम परिवार यही आग्रहका साथ नेपाल अमेरिका पत्रकार संघ (नेजा) को अधिबेशनको पूर्ण सफलताको कामना गर्दछ । 


अधिबेशनकै क्रममा नेजाका पदाधिकारी, सदस्यहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल समेतले अमेरिकाका लागि नेपाली राजदूत डा. युबराज खतिवडासँग राजदुताबास डिसी मै भेटघाट र भला कुसारी समेत गर्नुभएको छ ।     

GO TO HOME PAGE

Go to Home Page                                      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक