20210723

आज थप १८ जनाको कोरोनाका कारण मृत्यु


  कोरोना भाइरसबाट आज थप २ हजार ९ सय ७७ जना सङ्क्रमित भएका छन् । आज १३ हजार ६ सय ९८ नमुनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८२ जना तथा ३ हजार ६ सय १० नमुनाको एन्टिजेन परीक्षण गर्दा ९ यस ९५ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या ७ लाख ३० हजार १ सय ४६ पुगेको छ । यस्तै आज थप १८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ९ हजार ६ सय ७९ पुगेको छ । यसै गरी आज १ हजार ६ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् भने निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक