20210810

ओलीले संसदमा सम्वोधन गर्दा प्रयोग गरेको भाषा, शैली, अभिनय, ब्यङ्ग देख्दा लाग्छ यति बिधी पछारिँदा पनि दम्भ, अहँकार अझै पछारिएको छैन !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु जनमतबाट फेरि सरकारमा आउने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा पूर्व प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको विषय लोकतन्त्रमा सामान्य भएको
भन्दै आफु देश र जनताको सेवाका निम्ति जन्मिएको र काम गर्दै जाँदा प्रधानमन्त्री भएको उल्लेख गर्नुभयो ।अध्यक्ष ओलीले एक महिना पुरा हुँदा पनि सरकार गठन पुरा हुन नसकेको भन्नुहुँदै कोरोना विरुद्धको खोप वितरण लगायतका विषयमा सरकारको ध्यान पुग्न नसकेको बताउनुभयो ।

उहाँले देशको विकासमा प्रतिपक्ष दललाई सुनेर जवाफ दिन र अघिल्लो सरकारका कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।सरकारले हालै जारी गरेको न्यूनतम साझा कार्यक्रममा एमसीसी, विभिन्न सन्धि सम्झौता र देशको सीमा समस्याका विषयमा स्पष्ट आउन नसकेको बताउनुभयो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउने विषयमा सरकारको साझा न्यूनतम कार्यक्रममा स्पष्ट उल्लेख नगरेको भन्नुहुँदै अध्यक्ष ओलीले आफ्नो भूमि फिर्ता ल्याउने विषयमा स्पष्ट किटान गर्नुपर्ने बताउनुभयो ।अध्यक्ष ओलीले अघिल्लो सरकारले ल्याएको कोरोना विरुद्धको खोप वितरणमा ढिलाई गर्न नहुने भन्नुहुँदै चैत महिनासम्म खोप लगाउने समय नलम्ब्याउन आग्रह समेत गर्नुभयो ।

अध्यक्ष ओलीले देश विकासका लागि वैदेशिक लगानी ल्याउने वातावरण अहिलेको सरकारले बनाउनुपर्नेमा जोड समेत दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक