20210810

मान्नुस् नमान्नुस् देश अराजक, भस्मासुर प्रचण्ड पथमा अगाडि लम्किरहेको छ, देश र जनताले दिन प्रतिदिन हारिरहेका छन् !

 भस्मासुर प्रचण्डसँग अप्रत्याशित रूपमा मिलेर, आफ्नै पार्टीका नेता कार्यकर्ताहरूलाई गुटका आधारमा पेलेर, भित्ता पुर्‍याएर पहिले घमण्डी, अहङ्कारी, दम्भी ओलीले अक्षम्य गल्ती गरे, साढे तीन बर्षमा हुँदा खाँदाको एमाले कोमामा पुर्‍याए । अहिले ठिक त्यही गल्ती माकुनेले गर्दैछन । एमाले नेता भनिने माकुने प्रचण्डको शती मात्र गएका छैनन्, सँगसँगै शेर बहादुर पनि बोकिरहेका छन् । कोमामा रहेको एमालेलाई आर्यघाट पुर्‍याउन तल्लीन देखिन्छन् उनी । ओलीका कथित कारबाही, क्षमा दान, एकताका नक्कली राग र माकुनेका लाजै लाग्ने एक पछि अर्को गर्दै थपिएका प्रचण्ड निर्देशित माग, नक्कली एकताका रागहरू देख्दा सुन्दा लाग्दैछ आफू व्यक्तिगत रूपमा हारेर पनि भस्म पार्ने अभियानमा जितिरहेका अराजक, भस्मासुर प्रचण्डले एमाले र काँग्रेस दुबैलाई एकसाथ ढाडमा टेकेर टाउकोमा हानिरहेका छन् । देश मान्नुस् नमान्नुस् अराजक, भस्मासुर प्रचण्ड पथमा अगाडि लम्किरहेको छ । देश र जनताले दिन प्रतिदिन हारिरहेका छन् । हामी सोमालिया, हाइटी, कङ्गो, बुरुन्डी, लाइबेरिया कै बाटोमा छौँ । सत्य तितो हुन्छ !




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक