20210818

प्रचण्डको सल्लाहमै, पहिलै अनुमान गरिए झैं, देउवाको अध्यादेशको बलमा माधव नेपालले गरे एमाले बिभाजन

 माधव गुटमै पहिरो, ओलीलाई असफल पार्न नितीगत योजनाहरु तय, ओली र माकुने दुबैलाई ढाडमा टेकेर टाउकोमा हानिरहेका छन प्रचण्ड   

एकातिर बिधी, बिधान, पध्दति, अनुशासनका कुरा गर्दै ओलीलाई चोर औंलो ठड्याइरहने अर्को तिर अब उधारोले चल्दैन, हाताहाती चाहिन्छ भन्दै बार्गेनिङ गर्दै आएका माकुने प्रचण्डले भस्म पार्दै लगेको

एमाले पार्टी प्रचण्डको सल्लाहमै, पहिलै अनुमान गरिए झैं, देउवाको अध्यादेशको बलमा  एमाले बिभाजन गरेर आज एमाले समाजवादी पार्टी गठन गरेछन । अहँकारी, दम्भी, घमण्डी ओलीले करिब चार बर्ष अगाडि अराजक बोक्दा सग्लो एमाले र करिब दुई तिहाइको सरकार मात्र सकाएनन अब माकुनेले आगो लागिसकेको एमाले भित्र बाँकी रहेको खरानी समेत उडाउने काम गर्दैछन । ओली र माकुने दुबैलाई ढाडमा टेकेर प्रचण्डले टाउकोमा हानिरहेका छन । 

एक बिस्वस्त सुत्रका अनुसार प्रचण्डले माकुने गुट भित्रका कयौं नेता कार्यकर्तालाई पार्टी एकताका नाममा एमाले भित्रै राख्ने र भित्र भित्रै त्यहीं पनि ओलीलाई असफल पार्न नितीगत योजनाहरु तय गरेको बुझिएको छ । आफु हारे जस्तो देखिने तर सारमा जितिरहेका भस्मासुर प्रचण्डकै डिजाइन र पथमा मुलुक अगाडि बढीरहेकाले देश दिन प्रतिदिन ओरालो लाग्ने क्रम जारी छ । अझ स्पस्ट भन्नुपर्दा नेपाल अफगानिस्तानकै बाटोमा छ । सत्य तितो लाग्न सक्छ । 

प्रचण्डको सल्लाह र पहलमा, प्रधानमन्त्री देउवाले अध्यादेश ल्याइदिए पछि त्यसैमा टेकेर नेकपा एमाले विभाजन गरेर माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस भएको छ । नयाँ पार्टीको अध्यक्षमा माधव नेपाल र झलनाथ खनाल वरिष्ठ नेता रहनेछन् भने बाँकी सबै सदस्य रहने गरि ९५ सदस्यीय केन्द्रीय कमिटी रहने नेता राजेन्द्र पाण्डेले बताए ।

साविक एमालेका ५८ जना केन्द्रीय सदस्य नयाँ पार्टीमा समेटिएका छन् । निवेदनमा चुनाव चिन्ह भने अहिले प्रस्ताव नगरिएको पाण्डेले जानकारी दिए । दल दर्ताको निवेदन दिएर आएपछि नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए । ‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौ । एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाडोभन्दा चाडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौ’, पाण्डेले पत्रकारहरूसँग भने ।

यसै बिच नेकपा एमाले विभाजनपछि माधव नेपाल नेतृत्वको एमाले समाजवादीको केन्द्रीय सदस्य राखिएका नेता प्रदिप नेपालले आफू त्यसमा नरहेको बताएका छन् । केन्द्रीय सदस्यको सूची सार्वजनिक भए लगत्तै नेता नेपालले आफू एमालेको झगडामा कतै पनि नरहेको भन्दै व्यक्तिगत स्वतन्त्रता कसैको अधिनमा नराख्ने फेसबुकमार्फत जनाएका छन् । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य नेपाल नेकपा र हालको एमालेको विवादमा दुवै पक्षमा खुलेका थिएनन ।  नेपालले आफूले एमाले फुटाउन माधव नेपालको पक्षमा हस्ताक्षर नगरेको र पार्टी फुटाउने पक्षमा पनि नरहेको भन्दै नेपाल पक्षले किर्ते जालसाजी गरेको आरोप लगाए ।

उता नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिएका स्थायी कमिटी सदस्यहरू पार्टी विभाजन गर्ने निर्णयमा भने असहमत भएका छन् । नेकपा एमाले समाजवादी दर्ता गर्ने प्रक्रिया अन्तिममा पुगेका बेला यसअघि वार्ता कार्यदलमा रहेकासहित नेपाल निकट स्थायी कमिटी सदस्यहरूले पार्टी विभाजनमा साथ नदिने भन्दै हस्ताक्षर गर्न अश्वीकार गरेका हुन् । केपी ओलीसँग जति असहमति र संघर्ष गरे पनि पार्टी विभाजन गर्न हुँदैन भन्नेमा स्थायी कमिटीका नेताहरू लगभग एकमत देखिएका छन् । कतिपय नेता मोबाइल अफ गरेर बसेका छन् भने कतिपय एकताको लागि अन्तिम प्रयास गरिरहेका छन् ।

यद्यपि माधव नेपालले दल विभाजन निश्चित भएको भन्दै स्थायी कमिटीका अधिकांश नेताहरु आफ्नो पक्षमा आउने जानकारी अर्याल होटलका बैठकमा दिएका छन् । घनश्याम भुसालले त्यसको संयोजन गरिरहेको नेपाल निकट नेताहरुले बताएका छन् । हाललाई माधव नेपालले स्थायी कमिटीका सदस्यहरुमध्ये मुकुन्द न्यौपाने र बेदुराम भुसालको मात्र साथ पाएका छन् । रघुजी पन्त समेत विभाजनको पक्षमा खडा हुन नमानेपछि एमाले विभाजनपछि पनि एउटा समूह मध्यस्थकर्ताका भूमिकामा रहन खोजेको देखिएको छ । स्थायी कमिटी सदस्यहरूसँग संयोजन गर्ने जिम्मेवारी पाएका नेता सोमप्रसाद पाण्डेले सबैसँग सम्पर्क गरे पनि अधिकांशले हाललाई विभाजनमा साथ नहुने जवाफ दिएको उनले बताए ।

एमाले स्थायी कमिटीमा माधव नेपाल पक्षका उनीसहित झलनाथ खनाल, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, मुकुन्द न्यौपाने र अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा छन् ।

एमालेबाट विभाजित भएर बनेको एमाले समाजवादी पार्टीमा वामदेव गौतम पनि अनुपस्थित देखिएका छन् । नेपाल प्रेसका अनुसार उनले नेपाललाई साथ दिने आश्वासन दिएको भए पनि आज दर्ता भएको पार्टीको ९५ सदस्यीय केन्द्रीय कमिटीमा उनको नाम छैन । गौतम पार्टीमा विवाद शुरू भएसँगै कहिले यता र कहिले उता गरिरहेका थिए । नेपाल समूह नयाँ पार्टी गठनका लागि कस्सिएपछि त्यसमा आफ्नो साथ रहने उनले बताएका थिए । तर, आज दर्ता भएको एमाले समाजवादी पार्टीमा उनी अनुपस्थित देखिएका छन् ।



                    

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक