20210827

नेताहरु फोहोरी राजनीति र कुर्सीको लडाईंमा मस्त, बाढी पहिरोले गर्दा जनता अस्तब्यस्त


 नेपालमा अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार गएरातिको समयमा डाइभर्सन बाढीले बगाएपछि पूर्णरूपमा राजमार्ग अवरुद्ध भएको हो । नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।

यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको उहाँले बताउनुभयो । अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट-४ मा एउटा घरमा पहिराले क्षति पुर्‍याएको छ । तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

वर्षाले कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन् । बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी सिंहले बताउनुभयो ।  यसै बिच अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड केहिबेर अगाडीबाट दुवैतर्फी सञ्चालनमा आएको छ । गएराती ८ बजे सेतिदोभानमा पहिरो खस्दा सो सडक अवरुद्ध बनेको थियो । लगातार वर्षाका भरतपुर महानगरपालिका २९ सेतिदोभानमा पहिरो बिहान ६ बजेदेखि हटाउन सुरु गरिएकोमा अहिले बिहान ९ बजेबाट दुवैतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उता नारायणगढ मुग्लिन अन्तर्गत चौध किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ । चौध किलोमा पिच भासिएकोले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा ट्राफिक प्रहरीले जनाएको छ । अबिरल वर्षाका कारण चौध किलोमा बिहीबार रातिदेखि नै सडक भासिएको हो । सडक भासिने क्रम अझै रोकिएको छैन । सडक सञ्चालनमा भएसगैँ लामवद्ध भएका सवारीहरु आफ्नो गन्तव्य तर्फ लागेका छन् ।

उता दाङमा भैंसी चराउन राप्ती नदी किनारमा गएका एक व्यक्ति नदीमा बगेर वेपत्ता भएका छन् । लमही नगरपालिका-७ निवासी ४५ बर्षिय सुन्दरराम चौधरी भैंसी चराउन गएको तर, घर नफर्किएपछी नदीमा बगेको आश‌‌ंकामा खोजी जारी राखिएको छ । भैंसी घर फर्किएपनि मान्छे नफर्किएपछी परिवारले खोजी गरिदिन प्रहरी कार्यालयमा निवेदन दिएका थिए । त्यसपछी ईलाका प्रहरी कार्यालय अमिलियाको टोली र स्थानीय बासिन्दा ती व्यक्तिको खोजीमा जुटेका छन् । 

हिजोदेखी चौधरीको खोजी जारी राखिएको र अहिलेसम्म फेला नपरेको जनाइएको छ । ९ गते दिउँसो भैंसी चराउन गएका चौधरी घर नफर्किएपछी १० गते प्रहरी कार्यालयमा निवेदन दिइएको थियो । भैंसी घर फर्किएपनि मान्छे नफर्किएपछी नदीमा बगेको हुन सक्ने अनुमान गरिएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक