20210824

टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत गरिने

 अमेरिकाको टेक्ससमा रहेको हेम–सरिता फाउण्डेशनले २०७७ सालको पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । फाउण्डेशनका तर्फबाट टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ । तीन दशक अघिदेखि पत्रकारितामा रहनुभएका भण्डारी छापा माध्यमबाट पत्रकारिता सुरु गरेर हाल टेलिभिजनका चर्चित अन्तर्वार्ताकारका रुपमा परिचित हुनुहुन्छ ।

सुशासन एवं भ्रष्टाचार बिरुद्ध कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिदै आएको छ । एकदशक अघि स्थापित यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले,

हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसक्नु भएको छ । यस बर्ष तीर्थ कोइरालाको संयोजनमा बरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौटसमिति गठन गरिएको थियो ।

अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गर्नुभएको हो । टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कारकोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिती सामान्य हुनासाथ पुन सुरु गरिने फाउण्डेसनले जनाएको छ। २०७७ कोहेम सरिता संगीत पुरस्कार र भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगिताको घोषणा यस अघि नैं भइसकेको छ । घोषित पुरस्कारहरु उपयुक्त समय मिलाएर छिटै हस्तान्तरण गरिने छ ।

फाउण्डेशनका अनुसार काठमाडौँको घुमारचोक स्थित उग्रतारा माध्यमिक विद्यालयको १२ कोठाको भवन निर्माण र छात्रवृत्तिमा पनि सहयोग गरि बन्द हुने अवस्थाबाट जोगाएर दश बर्ष पछि समुदायलाई हस्तान्तरण गरिसकिएको छ । सोही ठाउँका विपन्न परिवारको उत्थनका लागि करिब २० लाखको लागतमा आय आर्जनका काममा सघाउ पुर्‍याएको छ । यसैगरी झापाका १२ विद्यार्थीलाई विद्यालय शिक्षामा र बाजुराका ३ जना छात्रछात्रालाई छात्रवृत्तीमा ओभरशियर सम्मको अध्ययनमा सहयोग गर्दै आएको छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक