20210824

पोखरीमा डुबेर बाख्रा चराउन गएका ५ जना बालिकाको मृत्यु

  वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलको अहिरौलिया पञ्चायत शिवपुर बिर्ता गाउँमा पोखरीमा डुबेर बाख्रा चराउन गएका ५ जना बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बालिकाहरुमध्ये एक जना पोखरीमा डुबेपछि एकले अर्कालाई बचाउने क्रममा ५ जनाकै डुबेर मृत्यु भएको रक्सौल अहिरौलिया पञ्चायतका मुखिया भिखारी दासले जानकारी दिनुभयो । मृतक बालिकाहरूको शव पोखरीबाट निकालेर पोस्टमार्टमका लागि मोतिहारी अस्पताल पठाइएको रक्सौल अनुमण्डलको रामगढवा अञ्चलका सि आई सुनिल कुमारले जानकारी दिनुभयो । 

मृतक बालिकाहरूमा शिवपुर बिर्ता गाउँ निवासी रमेश महतो की १० वर्षीया छोरी सरिता कुमार महतो, भिखर महतोकी १० वर्षीया छोरी कौशल्या कुमारी र ८ वर्षीया छोरी सीमा कुमारी, बद्री महतोकी १० वर्षीया छोरी शोभा कुमारी, अवधेश महतोकी ११ वर्षीया छोरी सुगी कुमारीको मृत्यु भएको जनाइएको छ । बाख्रा चराउने क्रममा पोखरीमा नुहाउन लाग्दा सुगी कुमारी पानी डुब्न लागेपछि उनलाई बचाउने क्रममा पाचैं जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको अञ्चल सि आई सुनिल कुमारले जानकारी दिनुभयो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक