20210802

म्यानमारको संकटकाल २०२३ को अगस्तसम्म लम्बिने

 म्यानमारको संकटकाल २०२३ को अगस्तसम्म लम्बिने भएको छ । सैन्य कु पछि संकटकाल लागु गरेका प्रधानमन्त्री मिन आङ हाइंगले फेब्रुअरी १ देखि लागु संकटकाल २०२३ सम्म लम्बिने घोषणा गर्नु भएको हो । प्रधानमन्त्री हाइंगले स्वतन्त्र र निष्पक्ष बहुदलिय चुनाव गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सैन्य कु विरुद्ध जारी प्रदर्शनमा सयौंको मृत्यु भइसकेको छ । राष्ट्रव्यापी नागरिकअवज्ञा अभियान जारी छ । हजारौं कामदार बर्खास्त भएका छन् भने हजारौं हड्तालमा उत्रिएका छन् । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी नेतृत्वको पार्टी नेशनल लीग फर डेमोक्रेसी एनएलडी र यसका समर्थकहरुलाई उहाँले उग्रवादीको संज्ञा दिनुभयो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक