20210802

अष्ट्रेलियाको सिड्नीमा सर्वसाधारणले लकडाउनलाई वेवास्ता गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सरकारले आजबाट सेना परिचालन

 अष्ट्रेलियाको सिड्नीमा सर्वसाधारणले लकडाउनलाई वेवास्ता गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सरकारले आजबाट सेना परिचालन गरेको छ । संक्रमण तीव्र गतिमा फैलिरहेपनि सर्वसाधारणले हेलचेक्राइँ गरेको भन्दै सम्भावित थप जोखिमलाई ध्यानमा राखेर सेना परिचालन बताइएको छ ।  सिड्नीका विभिन्न ८ स्थानलाई प्राथमिकतामा राखेर सेनाका ३ सय भन्दा बढी टोली खटाइएको स्काई न्यूजले उल्लेख गरेको छ । स्थानीय प्रशासनका अनुसार आजबाट कम्तीमा पनि ६ साता सेनाले लकडाउन र अन्य स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न/गराउन सहयोग गर्ने छ । यसअघि नै सिड्नीमा अगष्ट २८ सम्म लकडाउन लम्ब्याइएको छ । आज मात्रै सिड्नीमा २ सय ७ जना संक्रमित थपिएका छन् ।



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक