20210802

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८, सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९

 नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ पुगेको छ भने कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३१ हजार ६ सय २९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा मात्रै ३ हजार १ सय २५ कोरोना संक्रमित थपिएका छन् । मुलुकभरका विभिन्न अस्पताल र प्रयोगशालामा गरिएको १० हजार ६ सय १३ पीसीआर र ३ हजार १ सय

९८ जनाको एन्टीजेन परिक्षणबाट ३ हजार १ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९९ हजार ६ सय ४९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय २५ जना संक्रमित संक्रमणमुक्त भएसँगै नेपालमा ६ लाख ५८ हजार १ सय २२ जना संक्रमणमुक्त भएको मन्त्रालयले उल्लेख गरेको छ । पछिल्लो २४ घण्टामा संक्रमणका कारण ज्यान गुमाएका २३ जना थपिएका छन् । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक