20210808

सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक । काम नगरेपनि राम्रै नीति तथा कार्यक्रम सार्वजनिक गर्ने काम भने निरन्तर गरिँदै


 नेपालमा सरकार सञ्चालनको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सिंहदरवारमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरुले संयुक्तरुपमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा सत्तारुढ दल सम्मिलित कार्यदलका संयोजक एवं नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले साझा नीति तथा कार्यक्रम वाचन गरेर सुनाउनुभएको थियो । कार्यक्रमाम प्रधानमन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत सत्तारुढ दलका नेताहरु, मन्त्रीहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यदलले दुई दिनअघि नै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई हस्तान्तरण गरेको थियो । सत्तारुढ दलले नेता खड्काको संयोजकत्वमा कांग्रेस नेता डा। मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन र देव गुरुङ, जसपाका नेता राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव तथा केशवराज जोशी सदस्य सचिव रहेको कार्यदल बनाएको थियो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक