20210801

कर्णाली नदीमा डुंगा डुब्दा तीन जना बेपत्ता

 कर्णाली नदीमा डुंगा डुब्दा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत बिजौरा आउने क्रममा डुंगा पल्टिएर दुर्घटना हुँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार मोहन्याल गाउँपालिकाकी २० वर्षीया उर्मिला सलामी मगर, उहाँको १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् । प्रहरीले बेपत्ताको खोजी तीब्र बनाएको छ । डुंगामा सवार १० जनामध्ये ७ जनाको उद्दार भएको प्रहरीको भनाइ छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक