20210825

कोरोना सङ्क्रमणका कारण थप ४४ जनाको मृत्यु !

 नेपालमा  पछिल्लो २४ घण्टामा एक हजार ८६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ७११ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार ५७९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६२० जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार

७८१ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ३९ हजार ६४ जना पुगेको छ । सङ्क्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ६१२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक