20210825

ओलीका पनि बाउ खलपात्र प्रचण्ड: नेकपा बनाउन होइन सग्लो एमाले सिध्याउन आएका थिए त्यसमा सफल भए ।

 सतहमा हेर्दा ओली समूहको जीत जस्तै देखिए पनि सारमा प्रचण्डकै निर्देशनमा माधव समूहको नयाँ दल दर्ता मात्र होइन, माधव समूहमा रहेका र अहिले ओली एमालेमा फिर्ता भएका भनिएकाहरूको खेल पनि प्रचण्ड डिजाइनमा नै हो भन्ने कुरा स्वयम प्रचण्डले आफ्नो पार्टी भित्र र आफ्ना निकट हरूसँग भन्नुले धेरै अर्थ राख्दछ । एमालेको सर्वमान्य एकल अध्यक्ष, त्यसपछि दुई अध्यक्ष मध्येको पनि पहिलो नम्बरको अध्यक्ष, दुई तिहाइको सरकार, प्रदेश सरकार, कैयौँ सांसदहरू सहित बहुत कुछ गुमाइसकेका र बालकोटको बार्दलीबाट बिना माइक बोल्ने अवस्थामा पुगेका ओलीलाई पुरै सिध्याउन प्रचण्डको योजना निरन्तर चलिरहेको कुरा आयो । हेर्दै जाऊँ अझ के के देख्नु पर्ने हो, के के सुन्नु पर्ने हो, के के भोग्नु पर्ने हो ? राजनीतिमा जे देखिन्छ त्यो हुँदैन, जे भनिन्छ त्यो गरिँदैन, जे हुनुहुन्न भनिन्छ त्यो हुन्छ ! 

मान्नुस् नमान्नुस् एउटा कुरा के सत्य हो भने प्रचण्ड भन्ने मान्छे षड्यन्त्र, तिगडम, जालझेल, क्रिमिनल माइन्ड मा ओलीका पनि बाउ हुन । दम्भी, अहङ्कारी ओलीसँग बिचका साढे तीन वर्षमा अलिकति पेलिएका जस्ता देखिए पनि यिनै दुई अराजकहरू ओली र प्रचण्ड मिलेरै माकुनेहरुलाई पेलिएको थियो । जब ओलीसँग खटपट सुरु भयो प्रचण्डले तासमा जोकर प्रयोग गरिए जस्तै माकुने र झलनाथजीहरुलाई प्रयोग गरे । उनी नेकपा बनाउन होइन सग्लो एमाले सिध्याउन आएका थिए त्यसमा सफल भए । 

विगतमा राजा ज्ञानेन्द्र, गिरिजा, सुशील, देउवा देखी लगभग सबै जसोलाई बेकुफ बनाइसकेका प्रचण्ड हारे जस्तो देखिए पनि बारम्बार जितिरहने नेपालका अनौठा खलपात्र हुन । हुन त सबै खलपात्रहरु नै छन् तर राजनीतिमा खल पात्रका पनि महाखलपात्र हुन प्रचण्ड । ओलीका पनि बाउ खलपात्र हुन उनी । अझ तितो सत्य के हो भने ४ वर्ष यताको राजनीति र देशको यो दुर्गति हुनुमा सबैभन्दा बढी जिम्मेवार ओली नै छन् किनभने उनले क्रिमिनल माइन्ड प्रचण्डसँग घाँटी जोडेर जुन दिन एकता नामको तर वास्तवमा अपराध गरे त्यही दिनै थाहा भएको थियो अब एमालेमा पनि राक्षस पस्यो, भस्म हुने भयो, सकिने भयो । अब पनि हेर्दै जानुहोला ओली तलमाथि हुने बित्तिकै एमाले देखी सबैको घोँडा चढ्ने तिनै क्रिमिनल माइन्ड हुन । प्रचण्ड, बाबुरामहरू रहे सम्म नेपाल र नेपालीले निकै महँगो मूल्य चुकाइरहनु पर्ने छ ।  

प्रतीक्षाको घडी सकिएको छैन !!







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक