20210901

लामालाई जिउँदै खाल्डोमा पुर्ने सभामुखको मुद्दा सरेको सरै ! ढिलो न्याय अन्याय हो, सर्बोच्च अदालत किन अन्याय गर्दैछ ?

पार्टीका मुद्दा, नेताका मुद्दा, नचाहिने मुद्दा हेर्न भ्याउने तर मान्छेलाई जिउँदै खाल्डोमा पुरेर मार्ने अपराधीहरुको मुद्दा हेर्न नभ्याउने, सारि रहने यो कस्तो न्याय हो ?? अब हरेक जनताले नेपालको अदालतलाई र न्याय दिन बसेका न्यायाधिशलाई प्रश्न उठाउनु पर्ने भएको छ । यो त अती भयो, यो अती सहनु पनि अर्को अपराध हो ।         
नेपालमा सभामुख अग्नि सापकोटाविरुद्ध मुद्दामा परेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको थियो । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले सो इजलासले सभामुख सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’ आदेश दिएको जानकारी दिनुभयो ।

प्रवक्ता दाहालका अनुसार न्यायाधीश हरिकृष्ण कार्कीले विगतमा कानुन व्यवसायी हुँदा यो मुद्दामा बहस गर्नुभएको थियो । यसैले कार्कीको स्वार्थ बाझिने भएकाले संवैधानिक इजलासले सापकोटाको उक्त मुद्दा ‘हेर्न नमिल्ने भएको उहाँले बताउनुभयो । यसअघि २०७६ फागुन ३० गते सभामुख

विरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रैका अर्जुन लामाको हत्यामासंलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।

२०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा पर्नुभएको थियो भने साउन तेस्रो साता लामालाई जिउँदै खाल्डोमा पुरेको भन्दै उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । पूर्णिमायाको जाहेरी प्रहरी नलिएपछि उहाँले सर्वोच्चमा उजुरी दिनुभएको थियो । सर्वोच्चले २०६४ फागुन २२ गते आदेश दिएपछि जाहेरी दर्ता भएको थियो । तर, बाबुराम भट्टराई नेतृत्वको सरकारले सपाकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

यस निर्णयविरुद्ध लामाकी पत्नी फेरि सर्वोच्च अदालत पुगेकी थिइन् भने सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । यो मुदा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । सोही मुद्दामाथि आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने तय भएको थियो ।

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक