20210914

नेपालको जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, छ जना घाईते

 नेपालको जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । जाजरकोटको बारिकोट गाउँपालिका ९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताउनुभयो । दुर्घटनामा  मृत्यु हुनेमा जाजरकोट बारेकोट २ की ४४ बर्षीया शान्ति रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा रहेको उहाँले बताउनुभयो । घाईतेको छ जनाको

अहिले जिल्ला अस्पताल जाजरकोट लगिएको छ । घाईतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ भने अरुको अवस्था सामान्य रहेको थापाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक