20210926

कपनको मिलनचोकमा पानी परेका बेला ढलमा खरेर बेपत्ता भएका बालकको शव ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा भेटिएको प्रहरीको दाबी

 काठमाडौं । असोज ४ गते काठमाडौंको कपनको मिलनचोकमा पानी परेका बेला ढलमा खरेर बेपत्ता भएका बालकको शव शनिबार राति भेटिएको छ । ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले ललितपुर र मकवानपुरको सीमा क्षेत्रमा पर्ने बागमती गाउँपालिका–१ घुसेलमा बालकको शव भेटिएको बताउनुभयो । असोज ४ गते साँझ ढलमा खसेका १० वर्षीय बालक उज्ज्वल विश्वकर्माको शव कपडाको आधारमा

परिवारले पहिचान गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार शव बागमती नदी किनाराबाट मूल सडकसम्म ल्याउन करिब दुई घण्टा पैदल हिँड्नुपर्छ । शव पोष्टमार्टमका लागि पाटन अस्पताल लगिने र पोष्टमार्टमपछि परिवारलाई दिइने एसएसपी बज्राचार्यले बताउनुभयो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक